शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एडीबीको सल्लाहकार बनाउन अर्थमन्त्रीले सिफारिस गरे आफ्नै ज्वाइँ

एडीबीको सल्लाहकार बनाउन अर्थमन्त्रीले सिफारिस गरे आफ्नै ज्वाइँ

अर्थमन्त्री शर्माका भान्जेज्वाइँसमेत रहेका मन्त्रालयका शाखा अधिकृत भीमकान्त न्यौपानेलाई एडीबीको सल्लाहकारमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।
 |  मंगलबार, भदौ १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १, २०७८

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आफ्नै भान्जेज्वाइँलाई एसियाली विकास बैंक (एडीबी)को सहल्लाहकार बनाउन सिफारिस गरेका छन्। अर्थमन्त्री शर्माका भान्जेज्वाइँसमेत रहेका मन्त्रालयका शाखा अधिकृत भीमकान्त न्यौपानेलाई एडीबीको सल्लाहकारमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।

triton college

निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले उप–सचिव रमेश अर्याललाई एडीबीको सल्लाहकारमा पठाउने निर्णय गरेका थिए। तर उक्त निर्णयलाई रद्द गर्दै अर्थमन्त्रीले भाञ्जेज्वाइँ न्यौपानेलाई पठाउन सिफारिस गरेको मन्त्रालयमा चर्चा छ।

आकर्षक तलवसुविधा हुने भएकाले मन्त्री शर्माले आफ्नै भान्जेज्वाइँलाई पठाउन लागेको अर्थ मन्त्रालय उच्च स्रोतको भनाइ छ।

शर्माकै भान्जेज्वाइँ भएकै कारण न्यौपानेले यसअघि पनि पटपटक 'अस्वभाविक' लाभ लिने गरेको ती कर्मचारीको भनाइ छ। यसअघि उनी भन्सार विभागमा थिए। यसमा तत्कालीन अर्थसचिव शिशिरकुमार ढुंगानाले पनि सहयोग गरेको बताइएको छ। 

प्रकाशित: Aug 17, 2021| 08:57 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्