शनिबार, वैशाख १५, २०८१

डा केसीको समर्थनमा अछामका चिकित्सक पनि रिले अनसनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- डाक्टर गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल अछामका चिकित्सकहरुले रिले अनसन सुरु गरेका छन।

नेपालमा चिकित्सा क्षेत्र सुधार, गुणस्तरीय, सस्तो एवं सर्वसुलभ स्वास्थ्य सेवा देशका दुर्गम क्षेत्रका जनताले पनि पाउनुपर्ने डाक्टर केसीका मागहरु गरिब जनताको पक्षमा भएको भन्दै सोमबारबाट अस्पतालको आकस्मिक विभाग अगाडीको प्रांगणमा चिकित्सकहरुले रिले अनसन सुरु गरेका हुन्।

डाक्टर केसीले उठाएका मुद्धा सम्रग नेपाली जनताको हितमा रहेको भन्दै उहाँको सम्रर्थनमा रिले अनसन सुरु गरिएको बयालपाटा अस्पतालका मेडिकल अधिकृत ईन्चार्ज डाक्टर विप्लभ श्रेष्ठले बताए।

डाक्टर केसी लगातार १६ औँ पटक अनशनमा बस्दा पनि सरकारले कुनै चाँसो नदेखाउनु दुखद भएको भन्दै अस्पतालका स्वास्थ्यकर्मीहरुले डाक्टर केसीसंग भएका सम्झौतालाई सरकारले यथास्रिघ वार्ताको माध्यमबाट पहल गरि कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

डा केसीको स्वास्थ्य खस्किँदै जीवन मरणको दोसाँधमा पुग्दा पनि सरकारले वार्ताको कुनै पहल नर्गनु दुखद भएको भन्दै अस्पतालका मेडिकल अधिकृत डाक्टर नविन भट्टले बताए। तत्काल सरकारले उहाँका मागलाई सम्बोधनका लागि पहल गर्नुपर्ने उनले माग गरे।
 
डाक्टर केसीका माग पुरा नभएसम्म रिले अनशन जारी राख्ने समेत उनले बताए। चिकित्सा शिक्षा विधेयकमा डाक्टर केसीसँग भएको सम्झौता विपरीतका प्रावधान राख्न लागेको भन्दै २० दिनदेखि अनसनमा बसेका छन्।

बयालपाटा अस्पतालमा सुरु भएको रिले अनसनमा अस्पतालका मेडिकल अधिकृत लगायत अन्य स्वास्थ्यकर्मीहरुले पनि सहभागिता जनाएका छन्। डा केसी २५ पुसदेखि अनसनमा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।