शुक्रबार, वैशाख १४, २०८१

रातारात बैठक डाकेर ओलीले भने, एमाले विभाजन गराउन खोजिँदैछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन गराउन अनेक षडयन्त्र भइरहेको बताएका छन्। आफ्नो निवास बालकोटमा सोमबार राति बोलाएको स्थायी कमिटीको आकस्मिक बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन गराउन अनेक षडयन्त्र भइरहेको बताएका छन्। आफ्नो निवास बालकोटमा सोमबार राति बोलाएको स्थायी कमिटीको आकस्मिक बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

triton college

‘सरकारले हठातमा संसदको अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको देखियो,’ उनले भने, ‘यो भनेको अहिलेको अवस्थामा एमालेलाई विभाजन गर्नका लागि अध्यादेश ल्याउन खोजिएको हो।’

पार्टी विभाजनमा नलाग्न ओलीले सबैलाई आग्रह गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। सरकारले संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेलगत्तै नेकपा एमालेको संस्थापन पक्षले आन्तरिक छलफल गरेको थियो।

आजै संसद अधिवेशन अन्त्य भएपछि एमाले अध्यक्ष ओलीले आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएका थिए। ओली निवास बालकोटमा भएको बैठकमा ओलीले नेकपा एमालेलाई विभाजन गराउन नै सरकारले हठातमा अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको बताएका थिए।

प्रतिनिधिसभाको आजको बैठकमा ओली निकट सांसद महेश बस्नेतले पनि एमाले विभाजन गराउनकै लागि अहिलेको सरकारले संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउन लागेको जानकारी पाएको भन्दै त्यस्तो भएमा संसदीय इतिहासमा त्यो कालो दिन हुने बताएका थिए।

corrent noodles
Metro Mart

ओली निवास बसेको स्थायी समितिको बैठकले पछिल्लो घटनाक्रमका बारेमा गम्भीर रुपमा छलफल गरेको छ। नेकपा एमाले पार्टी कार्यालय सचिव एवं सांसद शेरबहादुर तामाङले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आकस्मिक बैठक बसेको जानकारी दिए। उनका अनुसार स्थायी कमिटीको बैठक मंगलबार बिहान ११ बजे पनि बस्ने भएको छ।

प्रकाशित: Aug 16, 2021| 22:10 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...