शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओली सरकार नसच्चिए कुर्सीबाट तानेर सडकमा ल्याउने तरुणको चेतावनी

ओली सरकार नसच्चिए कुर्सीबाट तानेर सडकमा ल्याउने तरुणको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नसच्चिए कुर्सीबाट तानेरै भएपनि सडकमा ल्याउने चेतावनी दिएको छ। 

नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना र मोरङ जिल्ला समितिको संयोजनमा प्रदेश १ को विराटनगरमा आयोजित विरोध कार्यक्रममा बोल्दै नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले ओली सरकारको रवैया यही रहने हो भने सरकारलाई कुर्सीबाट तानेर सडकमा ल्याउने चेतावनी दिएका हुन्।

उनले भने, 'दुई तिहाइको दम्भले फुलेको ओली सरकारले जनता विरोधी कामहरु तत्काल सच्चयाउनु पर्दछ। नसच्याए जनताको हितका लागि कुर्सीबाट तानेर सडकमा ल्याउन हामी बाध्य हुनेछौं।'


त्यसैगरी तरुणका महासचिव भुपेन्द्र जंग शाहीले ओली सरकार धर्म बेचेर खरिद गरेको होली वाइन खाएर फुलेको आरोप लगाएका छन्। उनले भने, 'सरकारलाई भ्रष्टाचार गरेर पुगेन, ३३ किलो सुन पचाएर पुगेन र अन्तिममा धर्म बेचेर किनेको होली वाइन खाएर मोटायो। अहिले तरुणको आन्दोलन देखेर स्वीट्‍जरल्यान्ड उड्नुभयो।'

कम्युनिस्ट सरकारको चमत्कार, महँगी, बलात्कार र भ्रष्टाचारका विरुद्ध तरुणले सात वटै प्रदेशमा विरोध कार्यक्रम गर्ने भएको छ। मंगलबार प्रदेश एक विरोध कार्यक्रम गरेको तरुणले बुधबार प्रदेश २ मा गर्ने भएको छ। कार्यक्रममा केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्र जंग शाहीलगायतका १४ वटै जिल्लाका हजारौंको तरुणको सहभागीता थियो। 

तस्बिर सौजन्य : दिनेश विक्रम शाह
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।