शुक्रबार, वैशाख १४, २०८१

संसद्‍मा मुठभेडको खतरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- संघीय संसद्मा सत्ता पक्ष र प्रतिपक्षबीच मुठभेडको खतरा बढेर गएको छ। दुवै पक्ष आआफ्ना अडानबाट पछाडि नहट्दा यस्तो अवस्था आएको हो।

नेपाली कांग्रेसले प्राध्यापक डा. गोविन्द केसीसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गर्न सरकार लागिपरेको असहमति जनाउँदै आएको छ। कांग्रेसले विरोधमा संसद् अवरोध गर्दै आएको छ। सो पार्टीले कांग्रेस नेताका नाममा रहेका अस्पताललाई प्रदेश स्तरमा झार्न लागेको भन्दै संसद् बैठक अवरोधको नीति लिएको हो ।

तर, सरकारले भने गोविन्द केसीका जायज माग पूरा भइसकेको र अस्पताल व्यवस्थित गर्न लागेकाले प्रतिपक्षले संसद्मा अवरोध गर्नुको औचित्य नभएको दाबी गर्दै आएको छ।

यही विवादकाबीच आज बस्ने प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गर्ने तयारीमा सत्तारूढ छ भने प्रतिपक्ष जबरजस्ती गरे प्रतिरोध गर्ने रणनीतिमा छ।

चिकित्सा शिक्षा विधेयकका सवालमा सरकार र गोविन्द केसीबीच भएको सहमतिको अक्षरसः पालनाको सुनिश्चितता र कांग्रेस नेताका नाममा रहेको दुई अस्पताल केन्द्र सरकारले सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय नगर्दासम्म सदन अवरोध कायमै राख्ने कांग्रेस नीति छ।  यसका लागि अहिले नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ।

सोमबारको बैठक पनि कांग्रेसको अवरोधपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो। सोमबारको सम्भावित कार्यसूचीमा यो विधेयक पारित गर्ने उल्लेख थियो। मंगलबारको बैठकमा पनि दुवै पक्ष आआफ्नो अडानमा रहे विधेयक पास हुने सभावना कम रहेको एक सांसदले बताए। अवरोध भए पनि बैठक सञ्चालन गर्ने तयारीमा सभामुख कृष्णबहादुर महरा रहेको बताइएको छ।

यही बेला राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधनको माग गर्दै डा. गोविन्द केसी आमरण अनशनमा छन्। विधेयकमाथि छलफल हुन नदिने र रोस्टम घेराउ गर्ने तयारी भएको प्रमुख सचेतक बालकृष्ण खाडले बताए। यसैबीच सत्ता र प्रतिपक्ष दुवै दलले आफ्ना सांसदहरुलाई अनिवार्य रुपमा संसदमा उपस्थित हुन ह्विप जारी गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।