शुक्रबार, वैशाख १४, २०८१

सिरहामा गोली चल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रहरीले गोली चलाएर सिरहामा एकजनालाई हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा नगरपालिका सिरहा-९ बस्ने २९ वर्षीय प्रमोद यादव रहेको प्रहरीले जनाएको छ।

शुक्रबार करिब १ बजे स ६ प ६१४० नम्बरको एफजेड मोटरसाइकल चढी भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सिरहा-२१ स्थित सुखचैनामा चेकजाँचको लागि प्रहरीले रोक्न खोज्दा यादवले प्रहरीटोलीलाई कटुवा पेस्तोलले ताकेको थियो।

यादवले प्रहरीलाई लक्षित गरी पेस्तोल ताकेपछि प्रहरीले जबाफी फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिएका छन्। प्रहरीको जबाफी फायरिङमा उनको हातमा सामान्य चोट लागेको खरेलले बताए।

प्रहरी कारबाहीमा यादवको दाहिने हातमा गोली लागेको उनले बताए। यादवको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद भएको छ।

प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका उनको पृष्ठभूमि आपराधिक पाइएको डीएसपी खरेलले जानकारी दिए। साथै उनी भारतबाट हतियार ओसार पोसार गरेर नेपालमा बेच्ने कार्यमा समेत संलग्न रहेको पाइएको खरेलले जानकारी दिए।

पक्राउ परेका यादवविरुद्ध हातहतियार खरखजाना मुद्दा चलाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।