शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • विद्रोहीले कब्जामा लिएको अफगानिस्तानमा अब कस्तो शासन व्यवस्था आउला?

विद्रोहीले कब्जामा लिएको अफगानिस्तानमा अब कस्तो शासन व्यवस्था आउला?

अघिल्लो साता अमेरिकामा एक रिपोर्ट प्रकाशित भएको थियो। जसमा ३० दिनभित्र तालिबान राजधानी काबुल तालिबानको कब्जामा जाने उल्लेख थियो। समाचारमा ९० दिनभित्र तालिबानले देशभर कब्जा जमाइसक्ने उल्लेख थियो।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

तालिबानले अफगानिस्तानमाथि कब्जा जमाएको छ। २० वर्षपछि बिनारक्तपात मुलुकको सत्ता तालिबानले लिएको छ। पछिल्ला दुई सातादखि विभिन्न राज्यमा कब्जा गर्दै आएको तालिबानले आइतबार राष्ट्रपति कार्यालय कब्जामा लिएको थियो। विद्रोहीले अफगानिस्तानमाथि कब्जा जमाएसँगै राष्ट्रपति असरफ घानी देश छोडेर गएका छन्। र, हतियारधारी लडाकुले राष्ट्रपति कार्यालयलाई घेरिरहेका छन्।

triton college

२३ जुनमा संयुक्त राष्ट्र संघले तालिबानले अफगानिस्तानका ३७० जिल्लामाथि कब्जा जमाइसकेको जनाएको थियो। अफगानिस्तानमा राष्ट्रसंघका विशेष दूत डेबरा ल्योन्सको यस्तो चेतावनी एक अंग्रेजी पत्रिकामा प्रकाशित भएको थियो। यो चेतावनी पश्चिमी सेना स्वदेश फर्किने चर्चा चलिरहेको समयमा आएको थियो। त्यसैले यो समयमा तालिबानको उक्त आक्रामक नीतिप्रति कसैको ध्यान जान सकेको थिएन।

अघिल्लो साता अमेरिकामा एक रिपोर्ट प्रकाशित भएको थियो। जसमा ३० दिनभित्र तालिबान राजधानी काबुल तालिबानको कब्जामा जाने उल्लेख थियो। समाचारमा ९० दिनभित्र तालिबानले  देशभर कब्जा जमाइसक्ने उल्लेख थियो। यस चेतावनीको एक साताभित्र तथा पहिलो चेतावनीको २२ दिनमै तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको छ।

आइतबार तालिबान राजधानी काबुलमा प्रवेश गरे र राष्ट्रपति असरफ घानी विदेश गए। उनीहरूले राष्ट्रपतिले रक्तपात टार्न चाहेको प्रतिक्रिया दिएका छन्। तालिबानका एक प्रवक्ताले राष्ट्रपति भागेसँगै युद्ध समाप्त भएको प्रतिक्रिया दिएका छन्। उनले नयाँ सरकार कस्तो हुनेछ भन्नेबारे चाँडै थाहा हुने जनाएका छन्।

तालिबान लडाकु काबुलमा पस्ने सूचना फैलिएपछि सहरमा भागदौड मच्चिएको थियो। अमेरिका र अन्य देशका हेलिकोप्टर आफ्ना कर्मचारी तथा नागरिकलाई त्यहाँबाट लैजानका लागि आकाशमा उडिरहेका थिए।

corrent noodles
Metro Mart

काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भीड लागेको थियो। सयौं मानिस काबुल छोड्न एयरपोर्टमा लामबद्ध थिए। विमानका सिटलाई लिएर यात्रुहरूबीच झडपसमेत भएको थियो।

स्थानीय वान टेलिभिजनका अनुसार रातको समयमा सहरमा निकै कोलाहल मच्चिएको थियो। सो क्रममा ८० जना घाइते भएका थिए। गम्भीर चोट लागेका भने अस्पताल भर्ना भएका थिए। 

राष्ट्रपति असरफ घानीले अफगानिस्तान छोडेका छन्। तर, उनी कहाँ छन् र सत्ता हस्तान्तरण कसरी हुन्छ भन्ने बारे भने हेर्न बाँकी नै छ। फेसबुक पोस्टमा घानीले भनेका छन्, ‘मैले रक्तपात रोक्नका लागि देश छोडेको हुँ। म लाखौं मानिसको ज्यान जोखिममा परोस् चाहन्नथें।’

यसअघि अल जजिराले तालिबान कमान्डर राष्ट्रपति भवनमा रहेको भिडियोसमेत प्रसारित गरेको थियो। भिडियोमा हतियारधारी लडाकु राष्ट्रपति भवनमा टहली रहेको देख्न सकिन्थ्यो। राष्ट्रपति असरफ घानीले अफगानिस्तान छोडेका छन्। तर, उनी कहाँ छन् र सत्ता हस्तान्तरण कसरी हुन्छ भन्ने बारे भने हेर्न बाँकी नै छ। फेसबुक पोस्टमा घानीले भनेका छन्, ‘मैले रक्तपात रोक्नका लागि देश छोडेको हुँ। म लाखौं मानिसको ज्यान जोखिममा परोस् चाहन्नथें।’

एक अमेरिकी अधिकारीका अनुसार अफगानिस्तानबाट पाँच सय नागरिकलाई निकालिएको छ। जसमा अधिकांश अमेरिकी छन्। यो संख्या दैनिक पाँच हजार पुग्ने अनुमान गरिएको छ।  युरोपीय देशहरूले पनि आफ्ना नागरिकलाई फिर्ता बोलाउन सुरु गरिसकेका छन्। तर, रुसले भने आफ्नो दूतावास खाली गर्नुपर्ने कुनै कारण नदेखेको जनाएको छ। टर्कीले पनि आफ्नो दूतावासले नियमित काम गर्ने जनाएको छ।

तालिबानका प्रवक्ताले भनेका छन्, ‘उनको सरकारले अन्तर्राष्ट्रिय समुदायको साथ चाहेको छ।’ तर, धेरै अफगानीलाई तालिबान आफ्नो २० वर्ष पुरानै रुपमा फर्किने डर छ। १९९६ देखि २००१ सम्म तालिबानले अफगानिस्तानका नागरिकमाथि अमानवीय यातना दिएको थियो।

आफ्नो पाँच वर्षको शासनमा तालिबानले अफगानिस्तानमा कडा कानुन लागू गरेको थियो। महिलालाई पढ्ने तथा काम गर्ने अधिकारमा रोक लगाइएको थियो। ढुंगा प्रहार गर्ने, कोर्रा हान्ने र सार्वजनिक स्थानमा हत्या गर्ने जस्ता कडा सजायको व्यवस्था थियो। 

संयुक्त राष्ट्र संघका महासचिव अन्टोनिया गुटेरेसले तालिबान र अन्य पक्षसँग संयम व्यवहारको अपिल गरेका छन्। उनले महिला र बालबालिकाको भविष्यलाई लिएर विशेष चिन्ता व्यक्त गरेका छन्। 

को हुन् तालिबान?

पाश्तो भाषामा तालिबानको अर्थ ‘विद्यार्थी’ भन्ने हुन्छ। अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट उनीहरूको उदय भएको मानिन्छ। मुख्यतः पाश्तुन आन्दोलन सुरुमा धार्मिक संघसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ जुन संघसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए।

तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पाश्तुन क्षेत्रहरूमा सत्तामा आएपछि शान्तिसुरक्षा पुनर्स्थापित गर्ने र सरिया कानुन लागू गर्ने वाचा गरेको थियो। त्यसपछि तालिबानले दक्षिणपश्चिमी अफगानिस्तानबाट छिट्टै आफ्नो प्रभाव विस्तार गरेको थियो।

सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरे। ठिक एक वर्षपछि उनीहरूले राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे।

उनी सोभियत संघको अतिक्रमणको विरोधमा अफगान मुजाहिदीन अर्थात्‌ ‘विधर्मीहरूसँग लड्ने योद्धाहरू’ तयार पार्ने संस्थापकमध्ये एक थिए। सन् १९९८ सम्ममा तालिबानले लगभग ९० प्रतिशत भूभागमाथि नियन्त्रण कायम गरे।

सोभियतहरूलाई धपाइएपछि मुजाहिदीनबाट दिक्क भएका अफगानहरूले पहिलो पटक अगाडि सरेका तालिबानलाई सुरुसुरुमा स्वागत गरे। भ्रष्टाचारविरुद्ध चालेका कदम, कानुनविहीनताको अवस्था कम गर्ने र व्यवसाय फस्टाउनका निम्ति सडक निर्माण तथा आफूनियन्त्रित क्षेत्रमा सुरक्षा प्रदान गर्ने कामले उनीहरूलाई लोकप्रियता बनायो। तर तालिबानले आफूहरूले गर्ने सरिया कानुनको कडा व्याख्याअनुरूप सजाय दिने नियम लागू गरे। 

उनीहरूको शासनकालमा पुरुषले दाह्री पाल्नुपर्थ्यो भने महिलाले पूरै जीउ ढाकिने बुर्का लगाउनुपर्थ्यो। तालिबानले टेलिभिजन, संगीत र सिनेमामाथि प्रतिबन्ध लगाए भने १० वर्ष र सोभन्दा माथि उमेरका किशोरीलाई विद्यालय जान प्रतिबन्ध लगाए। 


त्यसपछि उनीहरूमाथि विभिन्न मानवाधिकार उल्लंघन र सांस्कृतिक दुर्व्यवहारका आरोप छन्। तीमध्ये एउटा नराम्रो उदाहरण मध्यअफगानिस्तास्थित प्रसिद्ध बामियान बुद्धको प्रतिमा ध्वस्त पार्न अघि बढ्नु थियो। तर सुरुमा तालिबानसँग आबद्ध भएका धेरै अफगान पाकिस्तानका मदरसामा अध्ययन गर्नेहरू भएकोमा थोरै द्विविधा छ।

तालिबान सत्तामा रहेका बेला उनीहरूलाई मान्यता दिएका देशमा साउदी अरब र संयुक्त राज्य एमिरेट्सबाहेक पाकिस्तान थियो। तर तालिबान समूहसँग कूटनीतिक सम्बन्धविच्छेद गर्ने अन्तिम देश पनि पाकिस्तान नै थियो।

न्यूयोर्कस्थि विश्व व्यापार केन्द्रमाथि सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको हमलापछि विश्वको ध्यान अफगानिस्तान तालिबानतर्फ तानिएको थियो। त्यो हमलाका प्रमुख सन्दिग्ध ठानिएका ओसाम बिन लादेन र उनको संगठन अल कायदालाई संरक्षण गरेको तालिबानमाथि आरोप लाग्यो। सन् २००१ को अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमाथि आक्रमण गर्न सुरु गर्‍यो। अनि डिसेम्बर महिनाको पहिलो सातासम्ममा तालिबान परास्त भए।

अब सत्तामा को जाला?

अफगानिस्तानका राष्ट्रपति असरफ घानीको बहिर्गमनसँगै तालिबानले राष्ट्रपति भवनसमेत कब्जा गरेपश्चात् अब उनीहरूका कुनकुन नेताले सत्ता सञ्चालनको नेतृत्व गर्नेछन् भन्ने प्रश्नहरू उठिरहेका छन्। यो प्रश्नको जबाफ खोज्दा धेरै चर्चा दुईवटा नामको भइरहेका छन्– हिबतुल्लाह अखुन्दजादा र मुल्लाह अब्दुल गनी बरादर।

मुल्लाह गनी बरादर

मुल्लाह अब्दुल गनी बरादर ती चारजनामध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए। सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए।

सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो। सन् २०१२ सम्म उनका बारे धेरै जानकारी उपलब्ध थिएन। त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्थ्यो।


सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्‍यो। उनी तालिबानका पूर्व प्रमुख नेता मुल्लाह ओमारद्वारा सबभन्दा भरोसा गरिएका र उनका निकट सहयोगी थिए। पक्राउ पर्दा उनी तालिबानका दोस्रो सबभन्दा ठूला नेता थिए।

सन् २०१८ मा कतारमा अमेरिकासँग कुराकानी गर्न तालिबानको कार्यालय खुल्दा त्यहाँ तालिबानको राजनीतिक प्रमुखका रूपमा उनलाई खटाइयो। उनले सधैँ अमेरिकासँगको वार्ताको समर्थन गरिरहे।

इन्टरपोलका अनुसार मुल्लाह बरादरको जन्म उरुजगान प्रान्तमा सन् १९६८ मा भएको थियो। उनी दुर्रानी समुदायका भएका ठानिन्छ।

हिबतुल्लाह अखुन्दजादा

हिबातुल्लाह अखुन्दजादा अफगान तालिबानका प्रमुख नेता हुन्। उनी इस्लाम धर्मका विद्वान हुन् जो कान्दहारबाट आएका हुन्। उनले नै तालिबानको दिशा बदलेर अहिलेको अवस्थामा ल्याइपुर्‍याएको ठानिन्छ। तालिबानको गढ रहेको कान्दहारसँग जोडिएका कारण उनले तालिबान नेतृत्वमा आफ्नो पकड बनाउन सकेको ठानिन्छ।

सन् १९८० को दशकमा उनले तत्कालीन सोभियत सङ्घको विरुद्ध अफगानिस्तानमा विद्रोहका एक कमाण्डरको भूमिका खेलेका थिए। तर उनको पहिचान एक सैन्य कमान्डरका रूपमा भन्दा पनि एक धार्मिक विद्वानको रूपमा ज्यादा भएको पाइन्छ।


अफगान तालिबानका प्रमुख नियुक्त हुनुभन्दा पहिले पनि उनी तालिबानका शीर्ष नेताहरूमध्ये रहेका थिए। धर्मसँग जोडिएका आदेश उनै दिन्थे। उनले दोषी पाइएका हत्यारा वा अवैध यौन सम्बन्ध राख्नेहरूलाई हत्याको सजाय तथा चोरी गर्नेहरूलाई हात काट्ने सजायका आदेश दिएका थिए। हिबतुल्लाह तालिबानका पूर्व प्रमुख मोहम्मद मन्सुरका उपप्रमुख पनि थिए। सन् २०१६ को मे महिनामा अमेरिकी ड्रोन हमलामा मन्सुरको मृत्यु भएको थियो। मन्सुरले आफ्नो इच्छापत्रमा हिबतुल्लाहलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए। करिब ६० वर्षका हिबतुल्लाहले जीवनको धेरै समय अफगानिस्तानमै बिताएका छन्।

(यो सामग्री अन्तर्राष्ट्रिय समाचार एजेन्सी बीबीसी, एएफपी र रोयटर्सको सहयोगमा तयार पारिएको हो)


प्रकाशित: Aug 16, 2021| 15:23 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।