शनिबार, वैशाख १५, २०८१

टेलिकमले शेयरधनीलाई लाभांश दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको ११औँ वार्षिक साधारणसभाले ५५ रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

टेलिकमका प्रवक्ता प्रतिभा वैद्यलेका अनुसार लाभांश रकम मंगलबारदेखि नै एनएमबी बैंकमार्फत शेयरधनीलाई वितरण गर्ने व्यवस्था मिलाइएको छ। 

साधारणसभामा एकानब्बे प्रतिशतभन्दा बढी शेयरधनीको उपस्थिति रहेको थियो। सभाले आव २०७४/७५ का लागि विभिन्न प्रतिवेदन समेत पारित गरेको छ।

सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आव २०७४÷७५ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिशबमोजिम आव २०७५/७६ का लागि कम्पनीको लेखा परीक्षण गर्न चाटर्ड एकाउण्टेण्ट अच्युतराज जोशी र प्रकाशजङ्ग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिकसमेत पारित गरेको छ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले साधारणसभामा उपस्थित शेयरधनीलाई स्वागत गर्दै कम्पनीको एघारौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए। अगामी दिनमा अझ बढी ग्राहकमुखी सेवा प्रदान गरी मुलुकको अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा रही रहने प्रतिबद्धता टेलिकमले व्यक्त गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्