एजेन्सी- स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड विजयी भएको छ । आइतबार राति भएको खेलमा रियल बेटिसमाथी २-१ गोल अन्तरले विजयी भएको हो ।
पहुना टोली रियल मड्रिडलाई जित दिलाउन लुका मोड्रिच र ड्यानी सेबालोसले समान एक एक गोल गरे । यता बेटिसका लागि सर्जियो कानालेसले एक गोल फर्काएका थिए ।
खेलमा सुरुवाती अग्रता भने रियलले लिएको थियो ।
घरेलु टोलीविरुद्ध खेलको १३ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । मोड्रिचको गोलमार्फत पहिलो हाफमा १-० को अग्रता बनाएको रियलले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खाएको थियो ।
खेलको ६७ औं मिनेटमा बेटिसका सर्जियो गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । ८८ औं मिनेटमा सेबालोसले गोल गर्दै रियललाई हारबाट जोगाए । जितसँगै रियलले १९ खेलबाट ३३ अंक जोड्दै लिगको चौथो स्थानमा छ ।
रियलले तेस्रो स्थानको सेभियासँग अंक बराबरी समेत गरेको छ । बेटिस २६ अंक जोडेर सातौं स्थानमा छ । ला लिगा अन्तर्गत भएको अर्को खेलमा तेस्रो स्थानको सेभिया एथ्लेटिको बिल्बाओसँग २-०ले पराजित भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४