शुक्रबार, वैशाख १४, २०८१

आजका अखबार : एनजीओका लागि मन्त्रीले कुटे सचिवलाई 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् । 

कसैले प्रदेश नम्बर २ का मन्त्रीले सचिव कुटेको विषयलाई मुख्य समाचार बनाएका छ भने कसैले चिनीको मूल्य बढाउन चलखेल भएको विषयलाई प्राथमिकतामा पारेका छन् । 

आजको नयाँ पत्रिकाले प्रदेश सभामुखकै अगाडि मन्त्रीबाट कुटिए सचिव शीर्षकमा मुख्य समाचार छापेको छ। अन्नपूर्ण पोस्ट्ले उद्दण्ड मन्त्रीः प्रदेश २ मा सभामुखको कार्यकक्षमै कुटिए सचिव शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले भने यो विषयलाई एङ्कर न्यूज बनाएको छ ।  

देश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झामाथि कुटपीट गरेका हुन् । संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले सचिव झालाई कुटेको पत्रपत्रिकाले लेखेका छन् ।   

यो विषय बाहेक आजको नयाँ पत्रिकाले छाया मन्त्रीका दाबेदार शीर्षकमा मुख्य समाचार छापेको छ। कांग्रेस संसदीय दलले मागेअनुसार आवेदन दिने क्रम जारी रहेको समाचारमा जनाइएको छ ।  

अन्नपूर्ण पोस्ट्ले भने भारतद्वारा पानी र क्षतिपूर्ति दिन इन्कार शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको छ। शुक्रबार भएको नेपाल भारत जलस्रोत बैठकमा भारतले क्षतिपूर्ति दिन अस्विकार गरेको समाचारमा उल्लेख छ । भारतले कोसी, गण्डक र महाकालीमा एकलौछटी संरचना बनाएको थियो । 

आजको कान्तिपुर दैनिकले भने चिनी मूल्य बढाउन चलखेल शीर्षकमा मुख्य समाचार छापेको छ ।

उद्योगी व्यवसायीहरु चिनीको लागत मूल्य ७८ पुर्याउन लविङ गर्न थालेका छन् । यो माग पुरा भएमा उपभोक्ताले प्रतिकेजी चिनीको मूल्य १०० रुपैयाँ तिर्नु पर्ने छ । उनीहरुले यो मूल्य कार्यान्व्यनका लागि योजना आयोग, अर्थ, उद्योग र कृषि मन्त्रालयमा विवरण बुझाइसकेका छन् ।

आजको कारोबार दैनिकले पनि चिनीमा ८ रुपैयाँसम्म मूल्यवृद्धि प्रस्ताव शीर्षकमा मुख्य समाचार छापेको छ ।

नागरिक दैनिकले भने विदेशमा प्रतिवन्धित औषधी नेपालमा विक्रि हुने गरेको विषय र तिब्बतीलाई सघाउने अमेरिकी सिनेटको निर्णयलाई मुख्य समाचार बनाएको छ । यस्तै जलविद्युत आयोजना निर्माणमा स्थानीय सरकार बाधक शीर्षकको खबरलाई पनि प्राथमिकाताका साथ छापेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।