शुक्रबार, वैशाख १४, २०८१

एमसीसी सब–स्टेसन निर्माण स्थल कब्जा गरेको दाबी

समाचारहरुमा एक खालको सूचना प्रवाह भएको भए पनि कुनै ठूलो उथलपुथल र विरोधको अवस्था नभएको नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले नेपाल समयलाई बताए।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं- एमसिसिको विरोध गर्ने क्रममा स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियान नेपाल नामक दुई संस्थाको अगुवाइमा एमसिसी परियोजनाअन्तर्गत रातमाटे विद्युत् सबस्टेसन निर्माण गर्नका लागि अधिग्रहण गरिएको जग्गामा झण्डा गाडेर कब्जामा लिएको घोषणा गरेका छन्।

triton college

समाचारहरुमा एक खालको सूचना प्रवाह भएको भए पनि कुनै ठूलो उथलपुथल र विरोधको अवस्था नभएको नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले नेपाल समयलाई बताए।

‘सो जग्गा नेपाल विद्युत प्राधिकरणको आयोजनाको लागि वर्षौंअघि अधिग्रहण भएर प्राधिकरणको नाममा आइसकेको जग्गा हो,’ प्रजिअ दुलालले भने, ‘सो जग्गाको मुआब्जा लगायत केही समस्या छैन। सबै मुद्दाहरु सम्बोधन भइसकेको अवस्था हो।’

उनले हाल सो जग्गा बाँझो र खाली भएको र केही समूहले कार्यक्रम गरेको बताए। ‘हामीलाई आएको जानकारीअनुसार काठमाडौंबाट केही समूहले एमसिसिको सम्बन्धमा कार्यक्रम गर्न आएको र सो खाली जग्गाामा कार्यत्रम गरेर फर्किएको भन्ने रिर्पोट छ,’ दुलालले भने, ‘हाल आयोजनाको काम केही नभएको र ठाउँ खाली भएकाले अरुले कार्यक्रम गरेर गएको बुझिएको छ। भोलिको दिनमा केही समस्या भए प्राधिकरणले खबर गर्ला।’

उता एमसिए नेपाल विकास समितिले भने जग्गा कब्जाको विषयमा ध्यानाकर्षण भएको बताएको छ। एमसिए नेपालले आफ्नो विज्ञप्तीमा विरोध गर्ने संस्थाको नाम भने उल्लेख गरेका छैन। एमसिए नेपालले उक्त सब–स्टेसनका लागि आवश्यक ३ सय ९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति, ऐन २०३४ अनुसार भएको जनाएको छ।

corrent noodles
Metro Mart

सो स्थानमा भविष्यमा नेपाल विद्युत् प्राधिकरणले बनाउने सब–स्टेसन पनि रहने गरी निर्माण कार्य गरिनेछ।

प्रकाशित: Aug 16, 2021| 10:20 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।