शनिबार, वैशाख १५, २०८१

धर्ममा विभेद स्वीकार्य छैन : धार्मिक अगुवा

समयको माग अनुसार धार्मिक कानुन बदल्न आवस्यक रहेको धार्मिक अगुवाहरूले बताएका छन्।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

विराटनगर- समयको माग अनुसार धार्मिक कानुन बदल्न आवस्यक रहेको धार्मिक अगुवाहरूले बताएका छन्। पण्डित दीनवन्धु पोखरेलले समयको माग अनुसार धार्मिक कानुन बदल्न अनिवार्य रहेको धारणा व्यक्त गरेका हुन्। सत्य बोल्ने र क्षमा गर्ने भावना भएका व्यक्ति मात्र धार्मिक हुने भन्दै पण्डित पोखरेलले मानिस–मानिसबीच भेदभाव गर्ने व्यक्ति धार्मिक हुन नसक्ने बताए। 

triton college

प्रदेश १ का दुई दर्जन बढी सामाजिक संघसंस्थाले संयुक्त रूपमा आयोजना गरेको ‘धार्मिक दृष्टिकोणमा छुवाछूत’ विषयक भर्चूअल कार्यक्रममा पण्डीत पोखरेलले मनुस्मृतिलाई कानुन बुझेका कारण समस्या भइरहेको बताए। देशको संविधान संशोधन भए जस्तै धर्मको संविधान पनि संशोधन गरिनुपर्ने उनको धारणा थियो। 

जातको आधारमा गरिने विभेदलाई निर्मूल गर्न आफूले मन्दिरमा दलित पुजारी राख्न सुरु गरेको बताउँदै पण्डित पोखरेलले पाँचवर्ष भित्र हिन्दु धर्म भित्रको सबै किसिमको विभेद अन्त्य गराउने प्रतिवद्धता जनाए। 

नेपाल बौद्ध गुम्बाका अध्यक्ष महेन्द्रजङ लामाले बौद्व धर्मभित्र कुनै विभेद नरहेको बताउँदै समाजमा हुने मानिस-मानिसबीचको विभेद अन्त्य गर्न आफूहरू प्रतिवद्ध रहेको बताए। भगवान बुद्वले जातको आधारमा कहिल्यै विभेद नगरेको र त्यहाँबाटै बौद्व धर्मभित्र विभेद नरहेको बताउँदै उनले भने, ‘हाम्रो धर्ममा विभेद छैन।’ 

ख्रिष्टीयन मण्डली महासंघ नेपालका महासचिव शुशिल भट्टले धर्ममा विभेद्को वाक्य नै नरहेको बताउँदै विभेद् गर्ने व्यक्तिलाई समाजले बहिस्कार गर्नुपर्ने बताए। ख्रिष्टीयन धर्मको नाममा केही व्यक्तिले विभेद वा गलत प्रचारगरेको पाइए कारबाही गर्न तयार रहेको उनले बताए। 

corrent noodles
Metro Mart

नेपाल मुस्लिम बुद्धिजीबी समाजका केन्द्रीय संयोजक शक्तिकुमार वंशकार (अब्दुल कवि)ले मुस्लिम धर्म मित्र कुनै विभेद नरहेको धारणा व्यक्त गर्दै सामाजिक विकास र सुधारको लागि धर्म बाधक हुन नहुने बताए। वर्षौं अघिबनेको धार्मिक कानुनहरू समय अनुकुल रुपान्तरण गर्दै लगेमा मात्र समाजले धर्मलाई विश्वासगर्ने उनको बुझाई छ।  

कार्यक्रममा रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्मा, पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, सामाजिक न्याय मञ्चका अध्यक्ष डिबी साह शंकर, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललगायतले बोलेका थिए।

प्रकाशित: Aug 16, 2021| 07:25 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।