शनिबार, वैशाख १५, २०८१

सञ्चारगृह संकटमा पर्दा पत्रकारमाथि सुरक्षा चुनौती

कोरोना महामारीसँगै नेपाली पत्रकारितामा सुरक्षा चुनौती थपिएको पत्रकार सम्बद्धहरूले बताएका छन्।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

बुटवल- कोरोना महामारीसँगै नेपाली पत्रकारितामा सुरक्षा चुनौती थपिएको पत्रकार सम्बद्धहरूले बताएका छन्। नेपाल पत्रकार महासंघसँगको सहकार्यमा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले आइतबार बुटवलमा आयोजना गरेको फ्रि मिडिया नेटवर्कको पैरवी रणनीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले पत्रकारिता पेशामा कोरोनासँगै नयाँ नयाँ चुनौतीहरू थपिएको बताइएको हो।

triton college

सञ्चार माध्यमको दीगोपनामा निकै ठूलो चुनौती देखा परेकाले यसले पत्रकारहरूको भविष्य नै असुरक्षित बनाइदिएको पत्रकार सम्बद्ध व्यक्तिहरूको चिन्ता थियो। कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य रमा अर्यालले पत्रकारिता क्षेत्रको खबरदारीले सुशासनयुक्त समाज निर्माण गर्न सहयोग गरेको भन्दै सञ्चारगृह र पत्रकारहरूलाई संरक्षण गर्नुपर्ने बताइन्। उनले पत्रकारको भौतीक र पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिइन्। उनले प्रदेश सरकारले ल्याएको सञ्चार ऐनका सन्दर्भममा आफहरू त्यसलाई संशोधन गर्न तयार रहेको बताइन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले कोरोनाले सञ्चारगृह र पत्रकार निकै नराम्रोसँग प्रभावित भएको बताए। उनले तीन तहको सरकार सञ्चारगृहको संरक्षणमा ध्यान दिनुपर्ने बताए। उनले पत्रकार समाचार लेखेका कारण असुरक्षित हो की उसको चरित्रका कारण त्यसबारे पनि छलफल गर्नुपर्ने बताए।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईंले पञ्चायतकालमा सञ्चारगृह प्रतिबन्धित भए पनि सरकारी संयन्त्र मिडियामैत्री रहेको बताए। तर, अहिले जनप्रतिनिधिलाई चुनेर पठाएको बेला सञ्चारगृहले कुनै पनि सेवा सुविधा नपाएको बताए।

संविधानसभा सदस्य विनोद पहाडीले प्रेस स्वतन्त्रताको वकालत गरे पनि सूर्ती उद्योगले जती पनि सुविधा नपाएको भन्दै सरकार नेपाली मिडियाप्रती उदासिन बनेको बताए। कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य खेम लुईटेलले नेपाली पत्रकारिता पत्रकारिताले ग्रामिण भेगको समाचार अझै प्रकाशमा ल्याउन नसकेको बताए । नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले पत्रकारले समेत आचार संहिता पालना गर्नुपर्ने भन्दै पेशागत सुरक्षाका सवालमा सबै चिन्तित हुनुपर्ने बताए।

corrent noodles
Metro Mart

नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेले आफ्नाविरुद्ध समाचार आउने वित्तिकै निजि क्षेत्रका व्यापारीले त्यसलाई अफवाहका रुपमा फैलाएको बताए। पत्रकारको भौतीक सुरक्षा र जवाफदेहि पत्रकारिताका लागि नेटवर्कमार्फत छलफल जारी राखिएको महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताए।

प्रकाशित: Aug 16, 2021| 07:05 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।