बुधबार, वैशाख २६, २०८१

प्रतिगमनको खतरा अझै टरेको छैन : माओवादी

सत्ता साझेदार दल नेकपा माओवादी (केन्द्र) ले प्रतिगमनको खतरा अझै नटरेको बताएको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी (केन्द्र) ले प्रतिगमनको खतरा अझै नटरेको बताएको छ। 

triton college

पार्टीको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान पारित भएको जानकारी दिँदै प्रतिवेदनमा आजको राजनीतिक कार्यभार र सांगठनिक कार्यभारबारे उल्लेख भएको बताए।

प्रतिगमनको खतरा पूर्ण रुपमा टरिनसकेको निष्कर्ष निकालेको माओवादीले संसदलाई पूर्ण कार्यकाल सञ्चालनका लागि सबैसँग अपिल पनि गरेको छ।   पार्टीलाई रुपान्तरण गरेर गुणात्मक फड्को मार्ने प्रस्ताव प्रचण्डले गरेका छन्। साथै ૪ महिना लामो पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने र जनआधारित पार्टीको रुपमा अघि बढाउने निर्णय पनि माओवादीले गरेको छ।

माओवादीले विधान संशोधन प्रस्ताव पारित गर्दै पार्टीमा ३५ प्रतिशत महिला, १५ दलित र २० प्रतिशत युवालाई सहभागी गराउने भएको छ। पारित विधान अन्तरिम विधानको रुपमा लागु हुनेछ। 

पाटीले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीबारे ध्यानाकर्षण भएको बताउँदै एसएसबीकै कारण घटना भएको निष्कर्ष निकालेको छ।

corrent noodles
Metro Mart

 छानविन टोलीको प्रतिवेदनका आधारमा कूटनीतिक पहल गरेर दोषीलाई कारवाही गर्न सरकारलाई अपिल गर्ने निर्णय गरेको छ। 

अफगानिस्तानको पछिल्लो स्थितिप्रति चिन्ता व्यक्त गर्दै माओवादीले त्यहाँ रहेका नेपालीको बारेमा जानकारी लिन र जीवन रक्षा गर्न सरकारसँग माग पनि गरेको छ।

प्रकाशित: Aug 15, 2021| 19:02 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...