शुक्रबार, वैशाख १४, २०८१

दीपिका बनिन् ‘बिग बस १२’ बिजेता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुम्बई – ‘बिग बस १२’ को उपाधि दीपिका कक्कडले उचालेकी छन्। १ सय ५ दिन चलेको बिग बोसको नतिजा १५ हप्ता पछि आइतबार बेलुकी सार्वजनिक गर्दै सलमान खानले दीपिकाको नाम घोषणा गरेका थिए। 

अन्तिम फिनालेमा भारतीय क्रिकेटर श्रीसन्थ र दीपिकाबीच कडा प्रतिस्पर्धा भएको थियो। दीपिकाले १३ हजार भोट प्राप्त गर्दा श्रीसन्थले ११ हजार भोट पाएकी थिइन्। 

श्रीसन्थलाई दुई हजार भोट अन्तरले हराउँदै दीपिका ‘बिग बस १२’ बन्न सफल भएकी हुन्। दीपिकाको जितसँगै उनका समर्थकहरुले यतिबेला खुशीयाली मनाइरहेका छन्। उनलाई समर्थकहरुले ट्वीटर, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत बधाई दिइरहेका छन्।

दीपिका ‘ससुराल सिमरका’ नामक सिरियलमा काम गरेपछि चर्चामा आएकी थिइन्। उनले जितसँगै ३० लाख भारु र ट्रफी हात पारेकी छन्। तेस्रो नम्बरमा रहेका दीपक ठाकुरले २० लाख भारु लिएर कार्यक्रमबाट बाहिरिए।

यस अधिको बिग बसको उपाधी शिल्पा सिन्दे, उर्वशी ढोलकिया, जुही परमार र श्वेता तिवारीलगायतले जितिसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्