शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • मैले राम्रो गर्न सके अन्य नेपाली खेलाडीको बाटो खुल्ने छ : सन्दीप

मैले राम्रो गर्न सके अन्य नेपाली खेलाडीको बाटो खुल्ने छ : सन्दीप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

एजेन्सी- नेपाली राष्ट्रिय टोलीका लेगब्रेक स्पिनर सन्दीप लामिछानेले आफुले राम्रो प्रर्दशन गरे मात्र अन्य नेपाली खेलाडीका लागि विदेशी लिगहरुमा बाटो खुल्ने बताएका छन् । 

हाल अष्ट्रेलियाको प्रमुख टी-२० क्रिकेट लिग बिग ब्यास खेली रहेका सन्दीपले आफ्नो राम्रो प्रदर्शनले नेपालमा रहेका अन्य प्रतीभाशाली खेलाडीको लागि विदेशी बाटो खुल्ने बताएका हुन् । 

सिड्नीविरुद्धको खेल पश्चात सन्दीपले अन्तरवार्तामा हासिलो मुद्रामा बोल्दै भने, ‘नेपालमा म जस्ता थुप्रै खेलाडी छन् । मैले ईपीएल देखी विग ब्यास सम्म खेले । तर ती खेलाडीहरुले मौका पाएका छैनन् । 

मैले राम्रो प्रर्दशन गर्न सके ती खेलाडीहरुको पनि विदेशी लिग खेल्न बाटो खुल्ने छ  ।’ उनले आफ्नो खेल हेर्न सिड्नी आएका सम्पूर्ण नेपाली दर्शकलाई पनि धन्यावाद दिएका थिए । 


जारी बिग ब्यासमा उनले तीन खेल खेल्दै ७ विकेट लिएका छन् । जो लिगको सर्वाधिक विकेक कर्ता हुन् । डेब्यु खेलमा दुई विकेट लिएका सन्दीपले दोस्रो खेलमा तीन विकेट लिएका थिए । 

आफ्नो तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिएपछि सन्दीपले जारी लिगमा ७ विकेट पुर्याएका हुन । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।