शनिबार, वैशाख १५, २०८१

भूमिहीनको प्रश्‍न, 'भूमिसुधार कहिले गर्ने ?'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- ‘भूमिसुधार कहिले गर्ने अब पनि नगर्ने’ भन्दै राजधानीमा भूमिहीनहरुले राजनीतिक दलका नेताहरुलाई झक्झक्‍याएका छन्। राष्ट्रिय भूमिअधिकार मञ्च, सामूदायिक आत्म निर्भर सेवा केन्द्र र द हिमालय इनिसेटिभद्वारा आयोजित दुई दिने अन्तक्रिया कार्यक्रम अन्तर्गत शुक्रबारको भूमि सुधार कहिले गर्ने भन्दै भूमिहीनहरुले राजनीतिक दलका नेता सामू प्रश्न गरेका थिए।

कार्यक्रममा १५ जना मोही, हरुवा, चरुवा, हलिया, बाढीपीडितलगायतका भूमिहीनहरुले आफ्ना गुनासो राखेका थिए। यस्तै नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान सरकार बलियो सरकार भएकोले भूमि सम्बन्धि बलियो कानुन बनाएर भूमिहीनका समस्या समाधानमा प्रतिबद्ध रहेको बताएका थिए। ‘वर्तमान सरकार भूमिहीनका समस्या प्रति गम्भिर छ’, उनले भने, ‘हामी पनि यस विषयमा गम्भीर र्छौं। यस सरकारले संविधानतः भूमिहीनका समस्या समाधान गर्छ।’

यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले भूमि सुधारका कुरा मात्रै गर्ने काम कहिले नगरेको आरोप लगाए। उनले अहिले बलियो सरकार रहेकाले भूमिहीनका समस्या समाधानमा सरकार गम्भीर बन्नु पर्ने बताए। भूमिहीनका समस्या समाधानका लागि नेपाली कांग्रेसले पनि प्रतिपक्षमै रहेर रचनात्मक सहयोग गर्ने बताए।

विवेकशिल साझाका संयोजक रविन्द्र मिश्रले भूमिहीनहरुको मुद्दा आफूहरुको राजनीतिक एजेन्डासँग मेल खाने खालको रहेकाले आफूहरुको पूर्ण समर्थन रहेको बताए। ‘पूराना राजनीतिक दलहरुले कुनै उपलब्धीमूलक काम गरेनन्’, उनले भने, त्यसैले विवेकशिल साझाको जन्म भएको हो। यी समस्या समाधानका लागि हामी जोडदार रुपमा आवाज उठाउने र्छौं।’ उनले भूमिहीनका समस्या समाधान गरेर मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्