शनिबार, वैशाख १५, २०८१

बिसिजी खोप लगाएपछि शिशुको मृत्यु, पाटन अस्पतालमा तनाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
ललितपुर- बिसिजी खोप लगाएको दोस्रो दिन शिशुको मृत्यु भएपछि ललितपुरस्थित पाटन अस्पताल तनावग्रस्त बनेको छ। जुम्लाको कुनका सुन्दरी घर भइ हाल ललितपुरको सुनाकोठीमा बस्ने राजबहादुर रावतको छोराको पुस ९ गते खोप लगाएको बच्चाको पुस १० गते पाटन अस्पतालमा मृत्यु भएको हो। 

पाटन अस्पतालमा खोप लगाएर शिशु घर पुर्‍याएपछि ज्वरो आएको र उपचारका लागि पुन: पाटन अस्पताल ल्याएको उपचारकै क्रममा मृत्यु भएको आफन्तले जनाएका छन्। अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको भन्दै आफन्त तथा स्थानीयले अस्पताल परिसर घेरा हालेर नाराबाजी गरिरहेका छन्। 

आफन्तले अस्पतालको आकस्मिक सेवामा अवरोध पुर्‍याउन खोजेपछि प्रहरीले हस्तक्षेप गरेका थिए। रावतले आफ्नो छोराको मृत्यु खोपको कारण भएको भन्दै खोप लगाउने व्यक्तिलाई कारबाहीको माग गरेका छन्। 

शिशुको बुधबार त्रिवी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको थियो। फेरी आज शिशुको शव पाटन अस्पतालमा नै ल्याइएको छ। 
 
खोप दिएको ७२ घण्टासम्ममा केही समस्या देखिएमा मन्त्रालयमा रिपोर्ट गर्नुपर्ने हुन्छ। रिपोर्टिङको प्रक्रिया सुरु भएको शर्माले बताए।

महानगरीय प्रहरी परिसर जावलाखेलमा मुद्धा दर्ता भइसकेको र शिशुको शव पोस्टमार्टमका लागि बुधबार नै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता शेखर खनालले जानकारी दिए। घटनाको अनुसन्धानका लागि केन्द्रीय स्तरको छानबिन समिति बनिसकेको उनको भनाइ छ।  

घटनाको विषयमा अस्पतालले समेत अनुसन्धान सुरु गरेको छ। अस्पताल आफैँले पनि छानबिन गरिरहेको छ। अस्पताल प्रशासनले पोष्टमार्टमको रिपोर्ट पर्खेर बसेको जानकारी दिएको छ। शिशुका आफन्त भने खोप लगाउने व्यक्तिमाथि कारबाहीको माग गर्दै आन्दोलित भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।