शुक्रबार, वैशाख १४, २०८१

यसकारण बढ्दैछ प्राविधिक शिक्षामा आकर्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- ज्ञानको भण्डारको रुपमा परीचित त्रिभुवन विश्वविद्यालयका मानाविकी संकायका कक्षाहरु खाली भईरहेको बेला प्राविधिक शिक्षालयमा भने विद्यार्थिहरुको आकर्षण बढ्दै गएको छ। 

नेपालमा प्राविधिीक शिक्षाको व्यवस्थापन सिटीईभिटीले गर्दै आएको छ। सिटीईभिटीको व्यवस्थापनमा रुपन्देहीमा डिप्लोमा तहका १६ र एसएलसी तहका १९ कलेजहरुमा पठनपाठन भइरहेको छ। यसरी पठनपाठन हुने कलेजहरुमध्ये सिद्धार्थनरको प्रतिमान नीमा र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं अनुसन्धान केन्द्रमा विद्यार्थिको चाप बढ्दै गएको छ। सिद्धार्थनगर भित्र यी दुईवटा कलेजले यहांको प्राविधिक शिक्षामा उल्लेख्खय योगदान दिदैं आएका छन्। 
 
प्राविधिक कलेजहरुमा पढ्न एसईई पश्चात विद्यार्थिहरु अत्यन्तै दौडधुप गरेको देखिन्छ। छोटो समयको अध्ययन पश्चात प्राप्त हुने प्रतिफल नै यस्ता प्राविधिक शिक्षालयमा विद्यार्थीको आकर्षणको मुख्य कारण भएको फोरम फर हेल्थ एण्ड टेक्नीकल साइन्स रुपन्देहीका अध्यक्ष प्रकाश रानाले बताए। रानाका अनुसार प्राविधिक शिक्षा पढ्दा एकातिर समय पनि कम लाग्छ भने अर्कोतिर पढिसकेपछि रोजगारीको पनि लगभग ग्यारेन्टी हुन्छ।

करिब आधा दशकदेखि प्रतिमान नीमा हेल्थ इन्सीच्युट चलाईरहेका उक्त कलेजका प्रबन्ध निर्देशक धर्म बहादुर केसीको अनुभवमा विश्वविद्यालयमा एमए, बिए, एमफील गरेकाहरु पनि बेरोजगार भएको देखेर पछिल्लो पुस्ता छोटो समयमा पुरा हुने प्राविधीक शिक्षातर्फ आर्कषित भएका हुन्। 

देशका ठूला विश्वविद्यालयहरु त्रिभुवन विश्वविद्यालय, संस्कृत विश्वविद्यालय, मध्यपश्चिमान्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, पुर्वान्चल विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय, पोखरा विश्वविद्यालयका सयौं आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरु विद्यमान छन्। त्यसका अतिरिक्त प्रदेशस्तरीय विश्वविद्यालय पनि सन्चालनको दौडमा छन्। तथापी लामो समय र गहन अध्ययन गर्ने फुर्सद आजकालका विद्यार्थिमा छैन। 

पछिल्लो पुस्तामा छोटो समयमा जागिर पाउने लगभग ग्यारेन्टी भएको प्राविधिक शिक्षालयतर्फ आकर्षण बढेको देखिन्छ। एसईई उतिर्ण पश्चात अभिभावक र विद्यार्थी दुबैको रोजाईमा प्राविधिक शिक्षा पर्न थालेको छ। राज्यले खासै चासो नदेखाएको भए पनि निजी क्षेत्रबाट यस्ता कलेजहरु खुल्ने क्रम पनि बढ्दो छ। 

खासगरी दुई तहको पढाई हुने यस्ता कलेजहरुमा कोटा प्रणालीको व्यवस्था छ। १८ महिने र ३ वर्षे प्राविधिक शिक्षा पढ्न विद्यार्थीहरुको ताँति नै लाग्ने गर्छ। सिटिईभिटीले कोटा तोकिदिने यस्ता कलेजहरुका अतिरिक्त रुपन्देहीमा विद्यालय तहमा पनि प्राविधिक शिक्षाको पठनपाठन हुने गर्छ। जिल्लाको कालिका मानवज्ञान बुटवल, जनता मावि अमुवा, शान्ति नमूना मावि मणीग्राम, ठुटिपीपल मावि, नविन कद्धरबहादुर मावि देविनगर लगायतमा मावि तहको प्राविधिक विषयको पठनपाठन हुने गरेको छ। नेपाल सरकारले स्वयं तामनगरमा कोरीया नेपाल टेक्नीकल इन्सीच्युट सन्चालन गर्दै आएको छ । यसका अतिरिक्त जिल्लामा १९ वटा टिएसएलसी र १६ वटा डिप्लोमा तह पढाइ हुने प्राविधिक शिक्षालय छन्। ती सबै निजी क्षेत्रबाट सन्चालित हुन्। 

जिल्लामा निजी प्राविधिक शिक्षालयको प्रतिसपर्धा चलिरहेको बेला रुपन्देही सदरमुकाम भैरहवामा भने संस्थागत रुपमा सन्चालनमा रहेका प्रतिमान नीमा हेल्थ इन्सीच्युट र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं अनुसन्धान केन्द्रले सिद्धार्थ नगरमा प्राविधिक शिक्षाको साख जोगाईरहेका छन्। 

जिल्लामा रहेका प्राविधीक शिक्षालयमा १८ महिने कोर्षको १ लाख देखी डेढ लाख सम्म र ३ वर्षे कोर्षको सबा ३ लाख देखी साढे ४ लाख सम्म शुल्क लिने गरेका छन्। १८ महिने कोर्षमा अनमी, सिएमए, ल्याब, भेटनरी, जेटिए आदी पर्दछन् । यसैगरी ३ वर्षे कोर्षमा  ल्याब, फार्मेसी, नसिंग, एचए, ओए, ओभरसियर, मेकानिकल इन्जिीनियर आदी पढाइ हुने गर्दछ।

प्रतिमान नीमामा १० वर्ष अगाडी देखी १८ महिने र ३ बर्षे २ तहको ल्याबको अध्ययन अध्यापन भईरहेको छ भने लुम्बिनी नेत्र विज्ञानमा ८ बर्षदेखी नेत्र सहायक (ओए) को पठनपाठन भइरहको छ। १४  वर्षदेखी उक्त संस्थानमा एमडी पनि पढाई भईरहेको देखिन्छ। देशका हरेक कुना काप्चाबाट ओए पढ्नकोलागी हरेक वर्ष ठूलो संख्यामा विद्यार्थि आईरहेको उक्त संस्थान मार्फत सन्चालित आखां अस्पतालका व्यवस्थापक आमोद सिंहले बताए। 

नेत्र चिकित्सककोलागि आवश्यक अभ्यासकोलागी पुर्ण सुविधा युक्त आखां अस्पताल समेत भएकोले बाहिरका विद्यार्थिहरु समेत उक्त अस्पतालमा आउने गर्दछन्। रुपन्देहीका अधिकांश कलेजहरुमा हरेक वर्ष ४० जनाले पढ्न पाउनेगरी सिटिभिटीले कोटा निर्धारण गरेको छ। 

प्रतिमान-नीमा स्मृति प्रतिष्ठानको वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले पनि वर्तमान सरकारले खोजेको बैज्ञानिक र व्यवहारीक शिक्ष प्राविधिक शिक्षालयबाट आपूर्ति हुने विश्वास व्यक्त गरे। सोही कार्यक्रममा पुर्व श्रम तथा रोजगार मन्त्री दीपक बोहराले देशको बेरोजगारी दर घटाउन प्राविधिक शिक्षा पढाउने क्याम्पस सबै स्थानिय तहमा आवश्यक रहेको बताए। सो अवसरमा नेपाल सरकारको पुर्व सचिव विजया केसीले देशमा अहिले प्राविधिकहरुको कमी भइरहेको बेला यस्ता शिक्षालयको महत्व झनै बढेर गएको बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।