शनिबार, वैशाख १५, २०८१

चाँडो विधेयक पारित गर्न डा केसीको माग 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानमा कार्यरत प्राडा गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ सदनबाट शीघ्र पारित गराउन पुनः माग गरेका छन् । 

बुधबार एक विज्ञप्ति प्रकाशित गरी उनले सरकारले आफूसित गरेका सम्झौताअनुसार नै विधेयक ल्याउन र पारितसमेत गर्न सबै राजनीतिक दल तथा सरकारसित आग्रह गरेका छन् । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा सो विधेयक सहमतिको अन्तिम प्रयासमा रहेको छ । सरकार र प्राडा केसीका बीच पछिल्लो पटक भएका सहमतिअनुसार विधेयकमाथि २३ बुँदामा संशोधन परेको छ । 

समितिमा विशेषगरी त्रिविवि र काठमाडौँ विश्वविद्यालयले चिकित्सा अध्ययनका लागि सम्बन्धन दिएका पाँच वटाभन्दा वढी मेडिकल कलेजका सम्बन्धमा के गर्ने र सिटिइभिटीले सञ्चालन गरेका स्वास्थ्यसित सम्बन्धित प्रमाणपत्र तहका पठनपाठनलाई कसरी व्यवस्थित गर्ने विषयमा सहमति हुन बाँकी रहेको बताइएको छ । सरकारले बुधबारदेखि शुरु सदनको हिँउदे अधिवेशनबाट सो विधेयक पारित गराउने तयारीलाई तीव्रता दिएको छ ।

 यसैबीच स्वास्थ्य क्षेत्रका विभिन्न नौवटा सङ्घ÷सङ्गठनले कर्मचारी समायोजन अध्यादेश २०७५ मा विभिन्न संशोधनको माग राखेको छ । ती सङ्घ÷सङ्गठनद्वारा जारी विज्ञप्तिका अनुसार प्रदेश/स्थानीय तहमा समावेश हुने चिकित्सकको सेवासुविधा, सुरक्षा, सरुवा, बढुवा तथा अन्य वृत्तिविकासको स्पष्ट खाकासहितको प्रादेशिक र स्थानीय निजामती सेवा ऐन ल्याएर मात्र समायोजन प्रक्रिया अगाडि बढाउन माग गरिएको छ । 

समायोजन गर्दा चिकित्सकलाई स्वतः कम्तीमा एक तह स्तरवृद्धि गर्न, समायोजनलाई बाध्यकारीभन्दा स्वेच्छिक बनाउन प्रदेश÷स्थानीय निकायमा समायोजन भए पनि निश्चित तह र अवधि पूरा भएपछि सङ्घमा आउनसक्ने प्रावधान बनाउन माग गरिएको छ । 

यसरी माग गर्नेमा राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपाल स्वास्थ्यकर्मी सङ्घ, मधेशी स्वास्थ्यकर्मी फोरम, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन, नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठन, स्वास्थ्यकर्मी युनियन र नेपाल स्वास्थ्य प्राविधिक सङ्घ रहेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।