शुक्रबार, वैशाख १४, २०८१

संसदको हिउँदे अधिवेशन सुरु हुँदै : यस्तो छ कार्यसूची

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं- संघीय संसदको हिउँदे अधिवेशन आज बुधबारबाट सुरु हुने भएको छ । पहिलो दिनको आजको बैठक अपराह्न ४ बजे बस्दैछ । 

पहिलो दिनको बैठकमा तीनवटा कार्यसूची तय गरिएको छ । अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने, प्रशासकीय अदालत विधेयक टेबुल गरिने र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश प्रस्तुत गर्ने भएका छन् । 

संसद् सचिवालयका अनुसार सरकारका तर्फबाट चारवटा नयाँ विधेयक संसद् सचिवालयमा दर्ता भइसकेका छन् । कर्मचारी समायोजन अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र पारमाणविक तथा रेडियोधर्मी पदार्थ सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न विधेयक सरकारले दर्ता गरेको हो । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले हिउँदे अधिवेशनमा संसद्ले पर्याप्त बिजनेस पाउने बताए । संसद्मा विचाराधीन ११ वटा विधेयक रहेको, चारवटा नयाँ दर्ता भइसकेको भन्दै उनले संसद् सञ्चालनमा आएको पहिलो सातामै थप विधेयक दर्ता हुने जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।