शनिबार, वैशाख १५, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
 काठमाडौं- आज पुस १० गते मंगलबार कहाँ के-के भयो? अब थाहापाउनुहोस्, नेपाल समय दिनभरी। 

घनश्यामको प्रश्‍न: ५२ डिग्रीमा उँट चराएको पैसाले देश कति दिन चलाउने?

नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले मुलुकको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुगेको बताएका छन्। बुटवलमा आयोजित 'नेकपाको एकता: अवसर र चुनौती' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भने, ‘केही सिमित दलाल पूजिपतिहरुले देशको अर्थतन्त्र कब्जा गरेका छन्। बैंक वित्तिय संस्थामा उनीहरु हाबी छन्।

...फेरि जल्ने खतरामा कर्णालीका बस्ती

गत माघ १३ गते हुम्लाको सर्केगाडा गाउँपालिका-८ रोडीकोटमा आगलागी भयो। दिउँसो करिब १ बजेतिर सल्किएको आगोले क्षणभरमै ११ घर खरानी बनायो। झन्डै साढे पाँच घन्टापछि मात्रै आगो नियन्त्रणमा आयो। त्यसको ठिक ३ दिनपछि अर्थात् गत फागुन १८ गते हुम्लामै अर्को ठूलो आगलागीको घटना भयो। 

ओभरहेड रित्तै,  सडकमा पैदल जाम

नयाँ बानेश्‍वरबाट अनामनगरतिर जाने चोकमा प्राय: सधै भीडभाड हुन्छ। पुरानो बानेश्वर र नयाँ बानेश्वर दुवैतर्फको चाप त्यहीबाट मोडिने हुँदा ट्राफिकलाई सधै सकस हुन्छ। साँघुरो सडकमा पैदल यात्रुले क्रस गर्दा जाम बढी हुन थालेपछि त्यहाँ ओभरहेड ब्रिज बनाइयो।

प्रचण्डले भने, 'ऐन बनाउँदा आइएनजिओले दुख दिए'

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ऐन कानुन बनाउँदा आइएनजिओले दुख दिने गरेको बताएका छन्। भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित जानकी उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा बोल्दै अध्यक्ष प्रचण्डले देश गरिब भएकोले विभिन्न एनजिओ तथा आइएनजिओले ऐन कानुन बनाउँदा दुख दिने गरेको बताएका हुन्। 

कांग्रेस महासमिति : थपियो उत्साह

नेपाली कांग्रेसले लामो रस्साकस्सीबीच महासमिति बैठक सम्पन्न गरेको छ। विधान संशोधनमा सहमति जुटाउन ढिलाइ हुँदा तोकिएभन्दा पाँच दिन बढी समय लगाएर बैठक समापन भएको हो। महाधिवेशन प्रतिनिधि सबै तल्लो तहबाटै निवाचित हुने विषयलाई शीर्ष नेताले भद्र सहमति गर्दै लागू गर्ने प्रतिबद्धताले कांग्रेस कार्यकर्ता उत्साहित भएका छन्।

राजपाको माग पूरा गर्न ओलीले मागे सात दिन 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अघि सारेका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले एक साता समय मागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न उनको सरकारी निवास बालुवाटार पुगेका राजपा अध्यक्ष मण्डलको टोलीसँग ओलीले यस्तो आश्वासन दिएका हुन्। 

अख्तियारको छानबिनमा रहेका चुडामणी सहसचिव सूचीको पहिलो नम्बरमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेयष्ठताको आधारमा सहसचिवको सूची सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको २२५ जनाको सूचीको पहिलो नम्बरमा कर छुटमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारको छानविनमा रहेका कर फछ्र्यौट आयोगका पूर्व सदस्य चुडामणी शर्मा छन्। 

वाइड बडी खरिद : मन्त्री रवीन्द्रले स्वीकारे साढे ६ अर्ब घोटाला

पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायु सेवा निगमको दुई वाइड बडी विमान खरिद प्रकरणमा घोटाला भएको स्वीकार गरेका छन्। संसद्को अर्थ समितिअन्तर्गत गठित वाइड बडी खरिद छानबिनसम्बन्धी अध्ययन उपसमिति बैठकमा मंगलबार उपस्थित मन्त्री अधिकारीले विमान खरिदका क्रममा उक्त रकम घोटाला हुनुमा आफू पनि जिम्मेवार रहेको स्वीकार गरेका हुन्।

कामबिहिन प्रदेशसभा, २० दिनदेखि कारबाही ठप्प

प्रदेश २ को प्रदेशसभा बैठक लामो समयदेखि बस्न सकेको छैन्। विधेयक अभाव हुँदा १९ मंसिरपछि सदनको कारबाही ठप्प छ। सदनमा विधेयक ल्याएर पर्याप्त कानुन निर्माण गर्ने चांग छ। तर प्रदेश सरकारले यस अवधिमा सदनमा कुनै विधेयक दर्ता गराउन सकेको छैन्।

शिक्षकको चुनावमा विद्यालय ठप्प

सामुदायिक विधालयका शिक्षक पेशागत संगठनको चुनाव प्रचारमा लागेपछि जिल्लाभरिका विधालयमा पठनपाठन ठप्प हुन पुगेको छ। पुस १४ गते हुने नेपाल शिक्षक महासंघ पर्साको निर्वाचनको लागी चुनावी प्रचार प्रसारका लागी अधिकांश शिक्षक दौडाहामा निस्किएकाले पठनपाठन ठप्प हुन पुगेको हो।

उमेर नपुगेका कर्मचारी भर्ना प्रकरण: कांग्रेसले गर्‍यो अछाम प्रशासन घेराउ

उमेरै नपुगेकोलाई कर्मचारी भर्ना गरेको भन्दै विरोधमा उत्रिएका आफ्ना कार्यकर्तालाई गैर कानुनी रुपमा थुनामा राखिएको भन्दै आन्दोलनमा उत्रेको नेपाली कांग्रेस अछामले मंगलबार जिल्ला प्रशासन घेराउ गरेको छ। काँग्रेस कार्यकर्तालाई बिना कसुर पुर्वाग्राही ढंगवाट पक्राउ गरेको भन्दै काँग्रेस अछामले जिल्ला प्रशासन कार्यालयमा धर्ना सहित पर्दशन गरेको हो।

विदेश पठाउँछु भन्दै ९ लाख ठग्ने राजेश पक्राउ

वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने राजेशकुमार थापा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले फक्राउ गरेको हो। नौ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। 

विश्वविद्यालयका प्राध्यापक किन उत्रिए आन्दोलनमा ?

कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापक आन्दोलनमा उत्रेका छन्। विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख डा भूपेन्द्र विष्टले एकलौटीरुपमा ६ आंशिक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विधि प्रक्रिया मिचिएको भन्दै प्राध्यापकहरुले आन्दोलन थालेका हुन् 

मण्डपमा बसिरहेकी बेहुलीमाथि कुटपिट भएपछि...

तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सोमबार राति बजे विवाह भइरहेको फेदाप गाउँपालिका-३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयवासी युवाको समूहले आक्रमण गरेको थियो । उनीहरूको कुटपिटबाट बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य तीन जना घाइते भएका छन्। 

७७ जिल्लाका प्रमुख–उपप्रमुख किन भेला हुँदैछन् गुफाडाँडामा ?

सिन्धुपाल्चोकको गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र पारिएको छ। मेलम्ची नगरपालिकाको गुफाडाँडामा सेमिनार निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी जिल्ला समन्वय समितिका प्रमुख गोपाल (कृष्णगोपाल) तामाङले दिए । 

धनगढी विमानस्थल आठ दिन बन्द हुने

धनगढी विमानस्थल आठ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतका लागि आठ दिनसम्म विमानस्थल बन्द हुने जनाइएको छ। धनगढी विमानस्थल राजधानी काठमाडौंसँग सुदूरपश्चिम प्रदेशलाई हवाई यातायातमार्फत जोड्ने प्रमुख विमानस्थल हो।

पानी खोज्दै कर्णालीको राजधानी

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको स्रोत खोजी हुन थालेको छ । राजधानीमा दिनप्रतिदिन बढ्दो जनघनत्वलाई ध्यानमा राखी पानीको स्रोत खोज्न थालिएको हो। वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानीको नयाँ स्रोत खोज्न थालेको जनाएको छ। 

कोरियाले यो वर्ष दश हजार कामदार लाने, भाषा आवेदन फागुनमा

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१९ का लागि कोरियाले नेपालबाट १० हजारभन्दा बढी कामदारको कोटा पाउने भएको छ। इपीएस कोरिया शाखा ग्वार्कोले जनाएअनुसार यो वर्ष कोरिया कामदारको लागि दश हजार बढी कोटा आउने अनुमान गरिएको हो। 

भारतका मुख्यमन्त्री आदित्यनाथलाई लगानी गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)का अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघका १९ सदस्यीय व्यवसायीक प्रतिनिधिमण्डलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सोमबार लखनउमा भेटवार्ता गरेको छ।

राज सिग्देलको ''अमृत'' सार्वजनिक 

'उ हारेर गइ वा जितेर गइ'का हिट गायक राज सिग्देलको ''अमृत'' सार्वजनिक  भएको छ। नेपाली सुगम संगीतका चर्चित गायक ,गजलकार राज सिग्देलको नयाँ गीत ''अमृत'' को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

युगले सम्झिरहने कवि ‘भूपी’

आज कवि भूपीको ८३ औं जन्म जयन्ती। व्यंग्य कवि, क्रान्तिकारी कवि र जनताका कवि भनेर नेपाली कविता फाँटमा उचाइ बनाएका भूपी शेरचनका कविता सरल छन् तर व्यङ्ग्यात्मक छन्। समाजमा कम महत्त्व दिइने तर मार्मिक विषयलाई टपक्क टिपेर काव्यिक स्वरूप दिने भूपीका हामी, मेरो चोक, घुम्ने मेचमाथि अन्धो मान्छे, घन्टाघर, सहिदहरूको सम्झनामा जस्ता कविता निकै सान्दर्भिक, सामयिक र मर्मस्पर्शी छन्।

यूएईसँग नेपालले ३-३ वान-डे र टी-२० सिरिज खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले जनवरीमा यूएईसँग ३-३ खेलको वान-डे र टी-२० सिरिज खेल्ने भएको छ । सिरिज जनवरी २५ देखि फेब्रअरी ३ तारिख सम्म चल्ने छ।
पहिलो तीन दिन जनवरी २५, ३५ र २८ वान-डे सिरिज चल्नेछ भने जनवरी ३१ तथा फेब्रअरी १ र ३ तारिख टी-२० सिरज खेल्ने छ।  

एमबाप्पेले रियलमा रोनाल्डो भन्दा धेरै बलोन डि’ओर जित्नसक्ने

फ्रान्स तथा पेरिस सेन्ट जर्मन -पिएसजी)का युवा स्टार खेलाडी स्पेनिस क्लब रियल मड्रिडमा अनुबन्ध भए पोर्चुगिज तथा पुर्व रियल स्टार खेलाडी त्रिलस्टियानो रोनाल्डो भन्दा धेरै बालोन डि’ओर जित्न सक्ने मोनाकोका पूर्व निर्देशक लुइस क्याम्पोसले दावा गरेको छन्।

हेलिकप्टर दुर्घटनामा मेक्सिकोका गभर्नर र सिनेटरको मृत्यु

मेक्सिकोमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पुब्ला राज्यका गभर्नर र उनका श्रीमान्, एकजना सिनेटरको मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले र उनकी पत्नी तथा गभर्नर मार्था एरिका अलोन्सोको मृत्यु भएको हो। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।