शनिबार, वैशाख १५, २०८१

ठमेलमा खुल्यो पाँच अर्ब बढी लगानीको छायाँ सेन्टर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- काठमाडौंको पर्यटकीय केन्द्र ठमेल बजारमा ‘छायाँ सेन्टर’ सञ्चालनमा आएको छ। मंगलबार उक्त १५ तला अग्लो सेन्टरको नेकपाको युवा नेता गोगेश भट्टराईले औपचारिक उद्घाटन गरेका हुन्।
 
कम्पनीले सेन्टरलाई ‘ठमेलभित्रको ठमेल’का रुपमा प्रवद्र्धन गरेको छ। उक्त सेन्टर नेपालकै सबैभन्दा अत्याधुनिक र सुविधा सम्पन्न सपिङ कम्प्लेक्स रहेको कम्पनीको दाबी गरेको छ। 

सेन्टरमा तीन वटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न सामाग्रीका पशल, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्याँक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टोरा, क्लब लगायत उपलब्ध हुने जनाएको छ। बैंकका शाखा, कर्पोरेट कम्पनी लगायतका कार्यालयहरु समेत सेन्टरमा राखिने कम्पनीको भनाइ छ।

पर्यटनको अथाह सम्भावना रहेको नेपालमा होटलसहितको नमुना सपिङ कम्प्लेक्स सञ्चालन गर्न लागिएको छाँया सेन्टरका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बताए। उनकाअनुसार ठमेल बजारमा पाइने सबै सुविधा उपलब्ध रहेको सेन्टरले ठमेलको पर्यटनलाई मात्रै नभई समग्र नेपालको पर्यटन क्षेत्रको स्तरवृद्धि गर्न सहयोग पुर्याउने कम्पनीको विश्वास छ।

सेन्टरमा तीन सय बढी सवारी पार्क गर्न मिल्ने अन्डरग्राउन्ड बेसमेन्टमा पार्किङस्थल निर्माण गरिएको छ। यो नेपालकै नमूना र व्यस्त कम्प्लेक्स हुनेमा कम्पनीका लगानीकर्ता आशावादी छन्।

कम्पनीका अनुसार उक्त कम्प्लेक्समा ठमेल बजारमा पर्यटनसँग जोडिएका सबै किसिमका सेवा एकै ठाउँमा उपलब्ध रहेको दाबी गरिएको छ। 
 
पाँच तारे स्तरको अलफ्ट होटल समेत आगामी मार्च महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छाँया सेन्टरले जनाएको छ। होटल म्यारिएटको ‘अलफ्ट ब्रान्ड’का नाममा सञ्चालनमा आउन लागेको हो।

कम्पनीका अनुसार अहिले होटलको इन्टेरियर डिजाइनको काम हुँदैछ। १५ तले भवनको पाँचौंदेखि १५औं तलासम्म अलफ्ट होटल सञ्चालन हुनेछ। होटलसँगै छायाँ सेन्टरमा क्यासिनो पनि सञ्चालनमा आउने बताइएको छ। 

ठमेलमा करिब १५ रोपनी क्षेत्रफलमा बनेको सो अत्याधुनिक व्यापारिक कम्प्लेक्स सन् २०१३ बाट निमार्ण थालिएको थियो हो।

प्राविधिक कारणले निर्माण कार्य केही लम्बिएका कारण लक्षित समय भन्दा केहि ढिला गरि छायाँ सेन्टर सञ्चालनमा आएको हो। पाँच बर्ष लगाएर निमार्ण गरिएको सेन्टरको लागत पाँच अर्ब माथि पुगेको निमार्ण पक्षले जनाएको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्