शनिबार, वैशाख १५, २०८१

कांग्रेस महासमिति : थपियो उत्साह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-नेपाली कांग्रेसले लामो रस्साकस्सीबीच महासमिति बैठक सम्पन्न गरेको छ । विधान संशोधनमा सहमति जुटाउन ढिलाइ हुँदा तोकिएभन्दा पाँच दिन बढी समय लगाएर बैठक समापन भएको हो ।

महाधिवेशन प्रतिनिधि सबै तल्लो तहबाटै निवाचित हुने विषयलाई शीर्ष नेताले भद्र सहमति गर्दै लागू गर्ने प्रतिबद्धताले कांग्रेस कार्यकर्ता उत्साहित भएका छन् । अब कांग्रेस कसरी अगाडि बढ्छ त भन्ने विषयमा केही महासमिति सदस्यसँग नेपाल समयका लागि मित्र भण्डारीले गरेको संक्षिप्त कुराकानी :
Image result for aastha bindu malla
आस्था विन्दु मल्ल, जनसम्पर्क समिति कोरिया 

हामी सबैको उद्देश्य कांग्रेस अगाडि जाओस् भन्ने हो। महासमिति बैठकमा कांग्रेसमा नेतृत्वदेखि कार्यकर्तासम्म आफ्नो हितमा पार्टीलाई कसरी पार्ने भन्ने देखियो।

खासै उपलब्धि पाइएको छैन। यसलाई सुधार्न पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिन जरुरी छ। उहाँहरू आफैंले ग्रुप बनाएको देखियो। जुन हाम्रो लागि दुःखद हो। 

विनिता अधिकारी, दोलखा
नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर अनुकूल भूमिका निर्वाह गर्न सकेन भन्ने हामीलाई लागेको थियो। अहिले पनि त्यही छ। कांग्रेस अरू पार्टी जस्तो अनावश्यक कल्चर बोकेको पार्टी होइन। अरू पार्टीले जस्तो रोस्टम घेर्नैपर्छ?, माइक, कुर्सी फोर्नैपर्छ? भन्ने नैतिकता कांग्रेसलाई दिँदैन।

यतिबेला नेपाली कांग्रेस पर्ख र हेरको अवस्थामा छ। तर, कांग्रेस देश अप्ठ्यारोमा पर्दा सधैँ अगाडि उभिने गरेको छ।जुन कुरा महासमिति बैठकले पनि पुष्टि गरेको छ।

नेपाली कांग्रेस निराश छैन। यदी त्यसो भए नौ/दस दिनसम्म नेता कार्यकर्ता विधान पर्खेर बस्दैनथे। नेपाली कांग्रेसले देशलाई जिताउन आफू हारेको थियो भन्ने निर्क्रयोल पनि नेपाली कांग्रेस बैठकले दिएको छ। राष्ट्रियतामाथि घात हुँदा नेपाली कांग्रेस चुप लागेर बस्दैन। कांग्रेस नेपालको बहुलजातको विशेषतालाई लिएर अगाडि बढेको छ। सुतेको बाघ बिउँझिएको छ भन्ने नै महासमिति बैठकको सन्देश छ।

प्रसिस महरा, डोटी

कांग्रेस विधानमा धेरै कुरा समेटिएका छन्। विधानमा महिलाका लागि ३३ प्रतिशत आरक्षण प्रदान गर्ने व्यवस्था छ। हरेक तह र तप्कामा क्लस्टर बनाएको छ। सात क्लस्टर छन्। ती क्लस्टरबाट मधेसी, जनजाति, दलित, आदिवासी बाहुन हरेक तह र तप्काका व्यक्ति विधानमा समावेश छन्।

सँगसँगै देशविदेशमा रहेका लोकतन्त्र र प्रजातन्त्रलाई विश्वास गर्ने र कांग्रेसले के ल्याउँछ विधान भनेर आशा गरिरहने तमाम प्रजातन्त्रप्रेमीले यो विधान एकदमै लोकतान्त्रिक र समावेशी छ भनेर बुझ्नुपर्छ।

त्रैलोक्यप्रताप सेन, गुल्मी    

हाम्रो प्रमुख उद्देश्य विधान निर्माण गरौं भन्ने थियो। नेपालमा नयाँ संविधान आयो, मुलुक संघीयतामा गयो। संविधानमा रहेका निर्वाचन पद्धति र समावेशी सिद्धान्तका आधारमा राजनीतिक दलले आफ्नो विधान बनाउनुपर्ने व्यवस्थाअनुसार कांग्रेसले विधान ल्याएको छ। समावेशी विधान आएको छ।

जातीय सन्तुलन मिलाउँदा जातीय भागबन्डामा गएको छ। तर पनि लोकतान्त्रिक पद्धतिअनुसार नेपालका दलभन्दा सबैभन्दा लोकतान्त्रिक विधान कांग्रेसको छ।

नयाँ विधानलाई लागू गर्दा नेपाली कांग्रेसमा ऊर्जा थपिनेछ। सबैले भूमिका पाउनेछन्। हामी सुधारियौं भने हामी फेरि जित्छौं। हामी सुधारको बाटो छोडेर गलत बाटोमा हिँड्दा पुनः बिग्रिन्छ।

सुरेन्द्रप्रसाद चौधरी, पर्सा

कांग्रेस महासमिति सफल हुनु आफैंमा ठूलो कुरा हो। मुलुक संघीय ढाँचामा गइसकेको अवस्थामा नेपाली कांग्रेस विधान पनि सोहीअनुरुप आएको छ। संघीय ढाँचाका सबै कुरालाई सम्बोधन गर्दै यसले पार्टीलाई निकास दिनेछ। यसले पार्टीको कामकाजलाई गति दिन बाटो खोलेको छ। 

नेपाली कांग्रेस राष्ट्रवादी लोकतान्त्रिक शक्ति हो। अहिलेको सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेको छ। त्यो अधिनायकवादविरुद्ध कांग्रेसले आवाज उठाउने छ। विधानले हरेक क्षेत्रका लागि बाटो खोलेको छ। महासमिति बैठकले नेतामा पनि ऊर्जा थपिएको  विश्वास मैले लिएको छु। 

रामपल्टन शाह, धनुषा

म नवौं महाधिवेशनदेखि अहिलेसम्म महासमिति बैठकमा भाग लिँदै आएको छु। यो परम्पराअनुसार आएको छ। धेरैले संघीयताअनुसार महामन्त्री, सहमहामन्त्री दिएका छौं भनिरहेका छन्।

बाह्रौं महाधिवेशनमा 'कदमजम'को नारा आयो। कदमजम भन्नाले कर्णाली, दलित, मधेसी, जनजाति, महिला यी सबैको अधिकार पहिले नै नेपाली कांग्रेसको विधानमा आइसकेको छ। वर्तमान केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूले आफू बाँचुन्जेल पदमा बसिराख्ने विधान बनाएका थिए । अब त्यसको अन्त्य भएको छ । 

अरू खास परिवर्तन केही छैन। कांग्रेस अगाडि बढ्नुको यसभन्दा अगाडि मुख्य कुरा थियो । जस्तो बिपीले आफू बाँचुन्जेल नै पर्शुनारायण चौधरीलाई अगाडि सार्नुभएको थियो। आफू सभापति भएकै बेला कार्यबाहक सभापति किसुनजीलाई बनाउनुभयो। त्यस्तै रामचन्द्र दाइलाई कार्यवाहक सभापति तोक्नुपर्छ। केन्द्रीय कार्यसमितिमा युवा छन्। तर, युवा एक/दुई जना मात्रै छन्। 

अहिलेको जमातले पनि बाहिर विशेष महाधिवेशन हुनुपर्‍यो भनिरहेका छन्। उनीहरूले पनि महासमितिमा बोल्न सकेनन्। दुईधारे तरबारमा छन् उनीहरू। यत्रो महासमिति बैठकले कुनै ऊर्जा र कुनै नयाँ दिशा दिन सकेन। दुनियाँबाट कम्युनिस्ट निर्मूल भइरहेका छन्। कम्युनिस्टलाई सिध्याउन नेपालको आफ्नै समाजवाद जनताको घरघरमा जाने नयाँ समिति बनाउने गर्नुपर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।