शनिबार, वैशाख १५, २०८१

२५ सय मिटरको उचाइमा साइकल लेन

पर्यटकीयस्थल बेलढुङ्गाका दुई गन्तव्य जोड्न समुद्री सतहदेखि झण्डै दुई हजार ५ सय मिटरको उचाइमा साइकल लेन निर्माण थालिएको छ।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

बागलुङ- पर्यटकीयस्थल बेलढुङ्गाका दुई गन्तव्य जोड्न समुद्री सतहदेखि झण्डै दुई हजार ५ सय मिटरको उचाइमा साइकल लेन निर्माण थालिएको छ।

triton college

बागलुङ नगरपालिका–६ पञ्चकोट र काठेखोला गाउँपालिका–३ धम्जाको बेलढुङ्गा जोड्नका लागि पर्यटकीय पदमार्गसँगै साइकल लेन निर्माण सुरु गरिएको हो।

बागलुङ र म्याग्दीको शिरबाट साइकलमार्फत बेलढुङ्गा हुँदै पञ्चकोट र पञ्चकोट हुँदै बेलढुङ्गा पुग्नका लागि साइकल लेन निर्माण थालिएको हो।

गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको रु २० लाख र स्थानीयवासीको रु एक लाख जनश्रमदानबाट एक हजार ७ सय मिटर लामो साइकल लेन निर्माण गरिएको छ।

बेलढुङ्गाबाट कान्छो धवलागिरि नजिकै साइकल लेन पुगिसकेको छ। संसारकोटसम्म साइकल लेन निर्माणका लागि अध्ययनसमेत भइसकेको छ।

corrent noodles
Metro Mart

दुई वर्षअघि मात्रै बागलुङ–६ स्थित पाँचकोटको सङ्गम पञ्चकोटबाट थाप्लेको धुरी, कान्छो धवलागिरि हुँदै बेलढुङ्गासम्मको पदमार्ग पहिचान गरिएको थियो।

साइकल गुड्न सक्ने पदमार्ग निर्माण गरेपछि पैदल हिँड्ने पर्यटक र साहसिक यात्रा गर्न रुचाउने पर्यटक साइकलमार्फत यात्रा गर्न सकिने गरी सिँढीसहितको पदमार्ग निर्माण थालिएको बेलढुङ्गा, पञ्चकोट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम घर्ती मगरले बताए।

‘पदमार्गलाई साइकलसमेत कुदाउन सक्ने गरी विकास गर्न खोजेका छौं। बेलढुङ्गा–पञ्चकोटलाई साइकल लेनले जोड्ने हाम्रो उद्देश्य हो। हाल देउरालीबाट बेलढुङ्गा ‘भ्यू प्वाइन्ट’ पुग्ने स्लेट ढुङ्गासहितको ३ सय मिटर पदमार्ग र सोही स्थानबाट एक हजार ७ सय मिटर साइकल लेन निर्माण गरेका छौं,’ अध्यक्ष घर्तीले भने, ‘साइकल लेनमध्ये १ सय ७५ मिटरमा स्लेट ढुङ्गा बिच्छ्याएर चिटिक्क बनाएका छौं। सबै स्लेट ढुङ्गा ताराखोला गाउँपालिकाबाट ल्याएका हौं।’काम सक्न झण्डै रु दुई करोड लाग्ने अनुमान गरिएको छ।

बेलढुङ्गा दुर्गममा भए पनि पञ्चकोट सुगममा भएका कारण साइकल लेन निर्माणपछि सदरमुकामबाट पाँच किलोमिटरमै पञ्चकोट पुगेका पर्यटक साइकल र पदमार्गमार्फत बेलढुङ्गा आउन सहज हुनेछ। आएका पर्यटकलाई घरबासमा राखेर जैविक उत्पादन चखाउने योजना रहेको बेलढुङ्गा सामुदायिक घरबासका सचिव तथा स्थानीय समाजसेवी गोपाल श्रीषले बताए। उनका अनुसार चार फिट चौडा साइकल लेन निर्माण गरिएको हो।

बेलढुङ्गालाई गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य बनाउने गरी गाउँपालिकाले अग्रसरता देखाएको उल्लेख गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर थापाले यो आर्थिक वर्षमा समेत बेलढुङ्गा क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिने बताए।

ढुङ्गामाथि बेल आकारको ढुङ्गाबाट देखिने मनोरम हिमशृङ्खला र सुन्दर पहाड यसको प्रमुख आकर्षण हो।

२०७२ को भूकम्पले हल्लाएका कारण २०७७ भदौमा बेलढुङ्गा ढलेको भए पनि अहिले पुनःनिर्माणले गति लिएको छ। अहिले बेलढुङ्गालाई  पुनः व्यवस्थापन गरी पर्यटकीय सूचना बोर्डसमेत राखिएको छ।

बागलुङ जिल्लाको काठेखोला–३ धम्जा ओखले र म्याग्दी जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीको सिमानामा रहेको दुई हजार ६ सय १४ मिटर अग्लो पहाड बेलढुङ्गा अहिले आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। राससबाट


प्रकाशित: Aug 15, 2021| 09:30 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।