शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सम्पत्ति बिमामा ६५ प्रतिशतले शुल्क घट्ने, माघदेखि लागू

सम्पत्ति बिमामा ६५ प्रतिशतले शुल्क घट्ने, माघदेखि लागू

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- बिमा समितिले सम्पत्ति बिमामा ६५ प्रतिशत शुल्क घटाउने भएकाे छ। बिमादर घटाउँदा बिमाको दायरा व्यापक वृद्धि हुने समितिको विश्वास छ।

अनिवार्य जोखिम (अग्नि र भूकम्प) सहित सबै बिमायोग्य जोखिम लिँदासमेत कुल बिमा शुल्कमा औसत ६५ प्रतिशतका दरले बिमा शुल्क घटाइएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए। समितिले सम्पत्ति बिमा निर्देशिका परिमार्जन गरी यस्तो व्यवस्था लागू गर्ने भएकाे हो।

उनका अनुसार निर्जीवन बिमा (सम्पत्ति र दायित्वको बिमा) व्यवसायअन्तर्गत अग्नि बिमा लेख र गार्हस्थ बिमा लेखलाई एकै निर्देशिका (सम्पत्ति बिमा निर्देशिका) को अधीनमा रहनेगरी सम्पत्ति बिमालेख र घर बिमा लेखले प्रतिस्थापन गरिएको छ।

‘सरकारले निर्जीवन बिमा मध्यम वर्गलाई ध्यानमा राखेर निर्देशिका परिमार्जित गरेको हो,’ उनले भने ‘जारी निर्देशिका माघ १ गतेदेखि लागू हुनेछ।’बिमा व्यवसायअन्तर्गत सम्पत्ति बिमाको स्तरीकृत बिमा लेख तयार गरी सोका लागि आवश्यक पर्ने बिमा दर निर्धारण तालिकासमेत निर्माण गरी कार्यान्वयनमा ल्याउन बिमादर सल्लाहकार समितिको सिफारिसमा बिमा ऐन, ०४९ को दफा ८ को अधिकार प्रयोग गरी बिमा समितिले सम्पत्ति बिमा निर्देशिका, २०७५ तयार पारेको हो।

ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा समिति अध्यक्ष चापागाईंले घटेको बिमा दरले बिमाको दायरा वृद्धि हुने दाबी गरे। उनका अनुसार अब व्यावसायिक प्रयोजनका लागि सम्पत्ति बिमा लेख र आवासीय घरको प्रयोजनका लागि घर बिमा लेख लिन सकिनेछ। 

व्यावसायिक प्रयोजनका लागि सम्पत्ति बिमा लेख, घर बिमा लेख, सम्पत्ति तथा घर बिमा लेखअन्तर्गत अग्निजन्य, हावाजन्य, पानीजन्य भूमजिन्य क्षतिलगायत र सम्पत्ति बिमा लेखअन्तर्गत सामान्य सम्पत्ति बिमा लेख, छोटो अवधिको, मूल्यांकित सम्पत्ति फ्लोटिङ घोषणा सम्पत्ति बिमा लेखलगायत छन्।

एक करोडभन्दा कम मूल्यको घरको बिमा प्रतिहजार ४० पैसा (हुलदंगा तथा आतंकवाद जोखिमबाहेक) मा बिमा गर्न सकिनेछ। यस हिसाबाले एक करोड घरको वार्षिक बिमा शुल्क चार हजार रुपैयाँ तिर्नुपर्छ। सोभन्दा बढी मूल्यको घरको बिमा प्रतिहजार एक हजार रुपैयाँ लाग्नेछ।

अध्यक्ष चापागाईंका अनुसार चालू अग्नि बिमाअन्तर्गत आवासीय घरको बिमा गर्दा अनिवार्य जोखिम (अग्नि र भूकम्प) प्रतिहजार १.३९५ रुपैयाँ र अन्य इच्छाअनुसार थप गर्न सकिने अधिकतम जोखिमको प्रतिहजार १.४१० लाग्छ। घर बिमाअन्तर्गत गरिने बिमाको सम्पूर्ण बिमा योग्य जोखिम (हुलदंगा तथा आतंकवाद) बिमितले नलिन पनि सक्ने सुविधा भएकाले सो बाहेक) को एकमुष्ट रकम बिमा शुल्क रु ०.४० प्रतिहजार मात्र लाग्छ।

‘सबै प्रकारका बिमायोग्य जोखिम एउटै प्याकेजमा अनिवार्य गरिएको छ। हुलदंगा तथा आतंकबाद जोखिम समूहबाहेक अन्य कुनै पनि जोखिम हटाउन पाइनेछैन,’ समिति अध्यक्ष चापागाईंले भने, ‘नेपालभर बिमायोग्य सम्पत्तिलाई ५४८ वटा क्षेत्रमा वर्गीकरण गरिएको छ।’ यसलाई जोखिमका आधारमा फेरि सात समूहमा वर्गीकरण गरिएको जानकारी दिँदै उनले प्रत्येक वर्गका लागि अलगअलग गरी जम्मा सातवटा बिमादर लागू हुनेछ।

उनका अनुसार बिमकले बिमा दाबी नदिएमा, गलत बिमा दाबी दिएमा वा गलत व्यक्तिलाई दिएमा वा बिमा दाबीमा चित्त नबुझेमा उजुरी गर्दै हदम्याद छ महिना तोकिएको छ।
जमिनमा आधारित सम्पत्ति (अचल सम्पत्ति वा अचल सम्पत्तिमा राखिने सम्पत्ति) का लागि जारी गरिने अग्नि बिमाका लागि हालसम्म प्रचलनमा रहेको अग्नि बिमासम्बन्धी सामान्य नियम २०५८ असान्दर्भिक भइसकेको ठहर समितिको छ। यस्तै बिमा बजारमा भित्रिएका बिमित र बिमक मैत्री नयाँ सिद्धान्त, अभ्यास र प्रचलन अद्यावधिक हुन नसकेका कारण निर्देशिका परिमार्जन गरिएको जानकारी समिति अध्यक्ष चापागाईंले दिए।

विद्यमान अग्नि बिमा दरसम्बन्धी सामान्य नियममा बिमा लेखको प्रकार नखुलाइएको, अग्नि बिमादरसम्बन्धी सामान्य नियमको भाषाशैली, प्रस्तुति र ढाँचा जटिल र क्लिस्ट भएकाले निर्देशिका परिमार्जन गरिएको समितिले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।