शुक्रबार, वैशाख १४, २०८१

'क्रिस्चियन हंगामा' पछि माधव नेपालको ‘स्वस्तिवाचन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सधैं शान्त तरिकाले बस्दै आएको नेकपा स्थायी समितिको बैठक आइतबार अचानक तात्यो। बैठकमा अन्तिम वक्ता परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीले बोलिसकेपछि बैठकको वातावरण तातेको हो। तात्ने विषय थियो, गत मंसिर १४ देखि १७ सम्म काठमाडौंमा भएको एसिया प्यासिफिक समिट। 

विवादित संस्था एसिया प्यासिफिक सम्मेलनमा पार्टी र सरकारका प्रतिनिधिको सहभागिताबारे नेकपाको बैठकमा भनाभन भयो। स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले एसिया प्यासिफिक समिटका विषयमा स्पष्टीकरण दिनुपर्ने भन्दै होहल्ला गरेका थिए। सधैं अलग कित्तामा हुने माधव नेपाल र केपी ओली यसको बचाउमा एकैतिर उभिए। 

एक सातादेखि जारी स्थायी समिति बैठकमा दैनिक यो विषय उठ्दै आएको छ। यो विषय चर्केपछि माधव नेपालले समिटमा दिएको भाषणको लिखित अंश स्थायी समिति सदस्यहरुको हातमा पुर्‍याएका छन्। यसरी नेता नेपालले लिखित भाषण वितरण गर्नुको उद्देश्य त्यसको अन्तिममा रहेको वैदिक मन्त्रलाई सदस्यहरूले पढून् र आफूलाई हिन्दुविरोधी भनेर लागेको आरोप झूट होस् ।

अंग्रेजीमा लेखिएको उनको भाषणको अन्तमा थियो, ‘ॐ शान्ति, पृथ्वी शान्ति, वनस्पतय शान्ति, विश्वेदेवाः शान्ति, सामा शान्ति रेधी ।’ 

नेता नेपालले समिटमा दिएको भाषणको अन्तिम अंश


बैठकमा भाषणको प्रति पढेपछि नेताहरू भीम रावल, घनश्याम भुसाल, अग्निप्रसाद सापकोटा, बेदुराम भुसालले सम्मेलनमा नेताहरूको सहभागिताबारे विरोध गरेका थिए। आइतबारको बैठकमा नेता नेपालले एसिया प्यासिक सम्मेलनमा सरकार र पार्टीको संलग्नताको बचाउ गर्दै जबाफ दिइरहेका बेला नेताहरू भीम रावल र बेदुराम भुसालले उठेर प्रतिवाद गरेका थिए।
 
यस्तै नारायणकाजी श्रेष्ठ, रावल, अग्नि सापकोटा, बेदुराम, घनश्याम भुसाल, योगेश भट्टराई र रघुजी पन्तले सम्मेलनमा सरकार आयोजकमा बस्नु र नेता सहभागी हुनु गम्भीर गल्ती भएको भन्दै आत्मालोचना गर्न माग गरेका थिए। 

नेता नेपाल बोलेलगत्तै सो सम्मेलनमा उठेका प्रश्नको प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलेले जबाफ दिएका थिए । ओलीले उक्त विषय सकिइसकेकाले त्यसैलाई उठाइरहनु जायज नभएको बताएका थिए । ओलीले सम्मेलनमा सहभागी हुनु गलत नभएको भन्दै बचाउ गरेका थिए। 

‘तपार्इंहरू निहुँ मात्रै खोज्नका लागि यो विषय उठाउनुहुन्छ, यो सकिइसकेको हो’, ओलीलाई उधृत गर्दै एक सदस्यले भने। नेपालको र ओलीको भनाइप्रति चित्त नबुझाएका स्थायी समिति सदस्यहरुलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समिटमा सहभागी भएर कतै न कतै गल्ती भएको भन्दै आक्रोश मत्थर पार्ने प्रयास गरेका थिए।

उनले यो गल्ती सार्वजनिक रुपमा स्वीकार गरेर विज्ञप्ति ननिकाल्ने र पार्टीको आन्तरिक दस्ताबेजमा उल्लेख गरिने भन्दै आश्वस्त पार्ने प्रयास गरेका थिए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।