शनिबार, वैशाख १५, २०८१

कांग्रेसको महासमिति १० दिनपछि आज सकिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपाली कांग्रेसको महासमिति बैठक १० दिनपछि आइतबार समापन हुँदैछ। पाँच दिनका लागि डाकिएको महासमिति बैठक आन्तरिक विवादका कारण दस दिनसम्म लम्बिएको छ।

आइतबार बिहानदेखि जारी महासमितिको बन्दसत्र अपरान्ह सकिएपछि समापन समारोह गर्ने तयारी छ। समापन समारोहलाई पार्टी सभापति शेरबहादुर देउवा तथा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। विधान संशोधन प्रस्तावमा आन्तरिक सहमति जुटेपछि शनिबारदेखि बन्दसत्रमा छलफल भइरहेको छ। 

दस दिनसम्म चलेको महासमितिमा उपसभापतिबाट राजनीतिक प्रतिवेदन, कोषाध्यक्षबाट आर्थिक प्रतिवेदन, महामन्‍त्रीबाट सांगठनिक प्रतिवेदन, सहमहामन्‍त्रीबाट आर्थिक नीति प्रतिवेदन प्रस्तुत भएको थियो। विधान संशोधनका क्रममा पदाधिकारी तथा केन्द्रीय समितिको संख्या र चयन पद्धतिमा सहमति नहुँदा महासमिति लम्बिएको हो।

कांग्रेसमा महाधिवेशनपछिको सबैभन्दा ठूलो बैठक महासमिति हो । अहिलेसम्म १३ वटा महाधिवेशन हुँदा ९ वटा महासमिति बैठक भएका छन्।

विधानतः  हरेक वर्ष एकपटक महासमिति बस्‍ने प्रावधान भए पनि आन्तरिक झगडाले गर्दा बैठक बस्‍न सकेको छैन।

मंसिर २८ गते सुरु भएको महासमितिमा १६ सयभन्दा बढी प्रतिनिधिहरु सहभागी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।