शनिबार, वैशाख १५, २०८१

जेसीजको ४५ औं महाधिवेशनको तयारी पुरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- शनिबारदेखि जनकपुरमा सुरु हुन लागेको नेपाली जेसीजको ४५ औं केन्द्रीय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ। महाधिवेशनको आतिथ्य शाखाले शुक्रबार पत्रकार सम्मेलन गरी पौष १० गतेसम्म चल्ने महाधिवेशनको तयारी पुरा भएको जनाएको छ।

जनकपुरको तिरहुतिया गाछीमा हुन लागेको महाधिवेशनको उद्घाटन पूर्व राष्ट्रपति डा.रामवरण यादवले गर्ने महाधिवेशनका संयोजक संतोष साहले पत्रकार सम्मेलनमा जानकारी दिए।

साहले महाधिवेशनमार्फन नेपाल जेसीजको नयाँ नेतृत्व चयन गर्नुपूर्व उम्मेदवारहरुको प्रशिक्षण, गोष्ठी, वक्तृत्वकलालगायतका कार्यक्रमहरु गरिने बताए। साथै यस अवसरमा ‘वैदेही’ नामाकरण गरिएको स्मारिकासमेत प्रकाशित गर्ने तयारी रहेको उनले जानकारी दिए।

यसैगरी महाधिवेशनमा सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा योगदान पुर्‍याएका मुलकभरबाट १० जना युवालाई पुरस्कृतसमेत गरिने उनले जानकारी दिए। संयोजक साहका अनुसार महाधिवेशनमा सहभागी हुन पूर्व मेचीदेखि पश्चिम कञ्चनपुरबाट करिब दुई हजार जेसीजका प्रतिनिधि जनकपुर पुग्दैछन्। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको वासका लागि आतिथ्य शाखा जनकपुरले जनकपुर र बर्दिवासमा होटल व्यवस्थापन गरेको छ।

नेपाल जेसीजका वर्तमान अध्यक्ष श्रीधर वस्यालले नयाँ नेतृत्का लागि अध्यक्ष पदमा चारजनाले दावेदारी पेश गरेको पत्रकार सम्मेलनमा जानकारी दिए। वस्यालका अनुसार सुनसरीका महेश पौडेल, बाग्लुङका सुदीप राजभण्डारी, काभ्रेका विकास मानन्धर र मोरङका अशोक शंकरले अहिलेसम्म अध्यक्ष पदका लागि दावेदारी पेश गरेका हुन् । जेसीजको ४५ औं महाधिवेशनले जनकपुरको धार्मिक पर्यटन क्षेत्रमा विकास गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। 

महाधिवेशनमा सहभागीहरुको खाना, नास्ता, वासलगायतमा २ करोड २० लाख खर्च लाग्ने महाधिवेशन आयोजक जनकपुर जेसीजको अनुमान छ। महाधिवेशन सहभागीहरुबाट दर्ता शुल्क र केन्द्रीय कार्यालयबाट पाँच लाख नगद गरी १ करोड ४२ लाख ५० हजार र अपुग ७७ लाख ५० हजार रकम आर्थिक सहयोग, विज्ञापन, शुभकामना, प्रयोजनबाट संकलन गर्ने लक्ष्य जेसीजले लिएको छ। जनकपुरले यसअघि सन् १९७७ मा तेस्रो, १९९३ मा २० औं र २००३ मा ३५ औं महाधिवेशनको आयोजना गरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।