शनिबार, वैशाख १५, २०८१

हाडनातासँग बिहे गर्दा लुटिएको खुसी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
रुबा र साकिब सन्तान सुखबाट वञ्चित पाकिस्तानी दम्पती हुन् । सन्तान नजन्मिएर उनीहरू दुःखी बनेका होइनन्। अभिभावकले हाडनातासँग विवाह गरिदिएकै कारण जिनमा देखिएको समस्याले स्वस्थ बच्चा नजन्मिँदा उनीहरूको खुसी लुटिएको हो ।

हाडनाताको जिनका कारण बच्चाको सानैमा मृत्यु हुन सक्छ। रुबा र साकिबले यही जिनका कारण आफ्ना तीन सन्तान गुमाइसकेका छन्। 

रुबा विश्वविद्यालयको अध्ययन सकेपछि मात्र घरजम गर्ने सोचमा थिइन्। तर, उनका आमाबुबाले विद्यालय शिक्षा पूरा गर्नुअघि नै सानीमाका छोरासँग बिहे गरिदिए।

रुबाको जन्म भारतको बैन्ड फार्ममा भएको थियो । उनको बाल्यकाल त्यहीं बित्यो । बिहेभन्दा पहिले उनी दुई पटक मात्र पाकिस्तान गएकी थिइन्। बिहे गर्दा रुबा १७ वर्षकी थिइन् र साकिब २७ वर्षका। साकिब ड्राइभर थिए।

बिहेको दिन सम्झँदै उनी भन्छिन्, ‘म निकै आत्तिएकी थिएँ किनकि म उनलाई चिन्दैन थिएँ। म निकै लजालु थिएँ। म धेरै कुरा गर्ने स्वभावकी पनि थिइनँ । मलाई कहिले पनि केटाहरूप्रति आकर्षण भएन। मैले आमाबुबासँग पढाइ पूरा गरेपछि मात्रै बिहे गर्छ भनेर जिद्दी लिएँ । तर, उहाहरूले मान्नु भएन।’

बिहे गरेको तीन महिनापछि उनी गर्भवती भइन्। त्यसपछि पतिलाई उतै छाडेर बैन्ड फार्म फर्किइन्। रुबाले सन् २००७ मा छोरा हसन जन्माइन्। सुरुमा हसन खुब निदाउँथ्यो । त्यसैले रुबालाई दूध चुसाउन कठिन हुथ्न्यो । तर यसलाई उनले सामान्य रुपमा लिइन् । 
 
‘म निकै आत्तिएकी थिएँ किनकि म उनलाई चिन्दैन थिएँ। म निकै लजालु थिएँ। म धेरै कुरा गर्ने स्वभावकी पनि थिइनँ । मलाई कहिले पनि केटाहरूप्रति आकर्षण भएन। मैले आमाबुबासँग पढाइ पूरा गरेपछि मात्रै बिहे गर्छ भनेर जिद्दी लिएँ । तर, उहाहरूले मान्नु भएन।’

केही हप्तापछि उनी डाक्टरकहाँ गइन्। हसनको परीक्षण रिपोर्ट देखेर उनी छक्क परिन् । उनी भन्छिन्, ‘डाक्टरले छोरालाई अर्कै अस्पतालमा रिफर गरे। मलाई समस्या सामान्य होला जस्तो लाग्यो ।’ कुरा त्यस्तो होइन रहेछ, छोरालाई अस्पताल भर्ना गर्नुपर्ने सल्लाह दिएको उनले बताइन् ।

उनले भनिन्, ‘मलाई डाक्टरले एकदमै नराम्रो खबर छ भनेर सुनाए । तपाईंको छोरालाई आइसेल रोग लागेको छ। यो निकै गम्भीर रोग हो। मैले केही बुझिनँ। अनि रुन लागेँ।’ उनले घर पुगेर पाकिस्तानमा रहेका पतिलाई फोन गरेर विवरण बताइन्। ‘उनले प्रत्येकलाई केही न केही समस्या हुन्छ, त्यसैले शान्त होऊ भनेर आश्वासन दिए’, रुबाले भनिन् । 

तर, रुबा आफ्नो छोरा र सोही उमेरको अर्को बच्चाका बीचमा फरक देख्थिन्। हसन बिस्तारै ठूलो हुँदै गयो । छातीमा संक्रमण भएकाले अस्पताल आउनेजाने क्रम बढिरहेको थियो।  उसको टाउकाको आकार पनि अन्य बालकको भन्दा ठूलो देखिन्थ्यो । 

सन् २०१० मा रुबाले दोस्रो छोरा अलिसबाह जन्ममाइन् । चिकित्सकले परीक्षण गर्दा उसालाई पनि आइसेलको समस्या रहेको पुष्टि भयो । सन् २०१२ मा हसन र एक वर्षपछि अलिसबाहको मृत्यु भयो। 

तेस्रो पटक गर्भवती भएपछि रुबाले लिड्ल टिचिङ हस्पिटलमा मुस्लिम मौलबी मुस्ती जबैर बट्टसँग भेट गरिन्। इस्लाम धर्मले गर्भावस्थामै आइसेलबारे पत्ता लगाउन सक्छ कि भनेर उनी त्यहाँ गएकी थिइन् । 

मौलबीले रुबालाई केही गर्नुभन्दा पहिले यसबारे राम्रोसँग सोच्न सल्लाह दिए। मौलबीको भनाइ उधृत गर्दै उनले भनिन्, ‘तिमीसँग यी दुईमध्ये एउटा कुरामात्र हुनेछ या त बच्चा छिटो मर्ने छ या ऊ निकै कमजोरी हुनेछ । त्यसैले शरीरमा आत्मा प्रवेश गर्नुअघि नै उसलाई खत्तम गर्नुपर्छ।’

रुबीको तेस्रो पटक २०१५ मा इनारा नामकी छोरी जन्मिइन्। उनी यसपटक अस्पताल गइनन् र डाक्टरको सल्लाह इन्कार गरिदिइन्। उनी भन्छिन्, ‘म आमगर्भवतीसरह जीवन जिउन चाहन्थें। म यसपटक आफ्नो दिमागमा कुनै पनि दुविधा राख्न चाहन्नथें। मे गर्भवती हुँदाको आनन्द लिन चाहन्थें ।’ इनारा पनि आइसेलबाट ग्रसित भएर जन्मिएकी थिइन्।

रुबा भन्छिन्, ‘म सब जान्दथें। तर, म उसलाई देख्दा खुसी हुन्थें। किनकि मेरो साथमा एउटा बच्चा थियो।’

साकिबले भने, ‘म दुःखी र हैरान थिएँ। हामी स्वस्थ बच्चा चाहन्थ्यौं। रुबा कति दुःखी थिइन् म जान्दथें। तर म उनीप्रति आभारी छु।’

गत डिसेम्बरमा इनाराको छातीमा संक्रमण भयो र उनको स्वास्थ्य नाजुक हुन थाल्यो। उनलाई बैन्ड रोयल इन्फर्मरीबाट योर्क लगियो।  रुबा भन्छिन्, ‘योर्कमा डाक्टरले उनलाई जीवित राख्न लाखौं कोसिस गरे। तर प्रयास सफल भएन ।’ रुबा भन्छिन्, ‘इनाराको मृत्यु पछि बच्चाको मृत्युको पछाडिको कारण सानिमाको छोरासँगको बिहे भएको मैले मानिसकेकी थिएँ।’

उनका पतिले धेरै समयसम्म यसमा विश्वास गरेनन् । उनले आश्रममा यस्ता धेरै बच्चा देखेका थिए जो विभिन्न रोगबाट संक्रमित थिए। तर ती बच्चा उनीहरुको जस्तो जिनबाट जन्मिएका थिएनन्। 

रुबा भन्छिन्, ‘मेरा पति अब यस कुरामा विश्वास गर्दैनन्। तर मलाई विश्वास छ। किनभने यो पीडा मैले जीवनमा तीन पटक भोगेकी छु।’

रुबाले छोरा हसनको रोगबारे थाहा पाएपछि दोस्रो पटक गर्भवती नहुने सोचेकी थिइन्। तर उनी तीन पटक गर्भवती भइन् । पतिपत्नीले आफ्ना अनुभव परिवारका सदस्यलाई सुनाए । त्यसपछि रुबाका भाइले सानीमाका छोरासँग बिहे गर्न इन्कार गरे । रुबा भन्छिन्, ‘बिहे गरिसकेपछिको अवस्थाबारे हामी पहिल्यै सोच्दैनौं। सन्तानमा यस्तो समस्या नदेखिएको भए हामी पनि यसबारे जानकार हुने थिएनौं। त्यसैले हाडनाता पर्नेसँग बिहे गर्नु उपयुक्त हुँदैन। यसबारे युवा पुस्ताले आवाज उठाउनुपर्छ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्