शुक्रबार, वैशाख १४, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज पुस ५ गते बिहीबार कहाँ के-के भयो ? अब थाहापाउनुहोस्, नेपाल समय दिनभरी। 

महासमिति अलपत्र, नेताहरू गुट र गोप्यतिर 

नेपाली कांग्रेसको एक सातादेखि जारी महासमिति बैठकलाई अलपत्र छाडेर पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू गुटबन्दी र गोप्य भेलामा व्यस्त हुन थालेका छन्। आज बिहीबार बिहान ९ बजे बस्ने भनिएको बैठक दिनभर नचलेपछि कतिपय महासमिति सदस्य घर फर्किन थालेका छन्। 

तत्काल महाधिवेशन डाक्न कांग्रेसका युवा नेताको ८८ पेज लामो प्रस्ताव

कांग्रेसका १२ युवा नेताले तत्काल महाधिवेशनकको  मागसहित ८८ पृष्ठ लामो प्रस्ताव नेतृत्वसमक्ष बुझाएका छन्। युवा केन्द्रीय सदस्यले तत्काल १४ औं महाधिवेशन गर्न नेतृत्वसमक्ष माग गरेका हुन् । उनीहरुले नेतृत्वको जिम्मेवारी युवाको काँधका गएमात्र पार्टी बलियो हुन सक्ने दाबी गर्दै नेतृत्व तत्काल युवा पुस्तालाई हस्तान्तरण गर्न माग गरेका हुन्।

देउवा सहमतिबाट पछि हट्दा महासमिति बैठक नै अन्योलमा

सभापति शेरबहादुर देउवा पूर्वसहमतिबाट पछि हटेसँगै कांग्रेसभित्र  पदाधिकारी विवाद फेरि बल्झिएको छ। विवाद बढेसँगै महासमिति बैठकमा विधान मस्यौदा पेश हुन सकेको छैन । बैठक सुरु भएको पाँच दिन बिते पनि अहिलेसम्म विधान संसोधन प्रस्ताव पेश हुन नसक्दा सदस्यहरु अन्योलमा परेका छन् । 

ओली र प्रचण्डका कमजोरी खोतल्ने हो भने किताब तयार हुन्छ

सर्वप्रथम, नेतृत्वले व्यवस्थित ढंगले प्रस्ताव प्रस्तुत गरेर पार्टीलाई सकारात्मक दिशातिर लान गरेको प्रयास सराहनीय छ। यो प्रस्तावको मूल भावना सही छ तर पार्टी र सरकारका कामका सबल पक्ष अगाडि सार्दा जनताको मन जित्ने ढंगले प्रस्तुत हुन जरुरी छ। 

सेयर बजार सुधार प्रयासको वार्ता अर्थमन्त्रीका ज्वाइँले भाँडे

सेयर बजार सुधार प्रयासलाई अर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाइँ रामशरण खरेलले भाँडेको पाइएको छ। पुँजी बजारको नीतिगत सुधार माग गर्दै आन्दोलनरत पक्ष र अर्थ मन्त्रालयबीच गत शुक्रबारको वार्ता खरेलकै कारण भाँडिएपछि आन्दोलनरत पक्षले गत सोमबारदेखि आमरण अनशन थालेको थियो।

नेकपामा बहस : दिगम्बर झा भर्ना गरेर समाजवाद आउँदैन 

नेकपा स्थायी समितिको बैठक बिहीबार केही घन्टा बसेर स्थगित भएको छ। बैठक शुक्रबार बिहान आठ बजे बस्ने गरी स्थगित भएको हो। बिहीबारको बैठकमा स्थायी समिति सदस्यहरू किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लीलामणि पोखरेल, चक्रपाणि खनाल, मातृका यादव र विष्णु रिमालले बोलेका थिए।

नेकपाको स्थायी समिति जारी : अध्यक्ष छाड्न ओलीलाई दबाब

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बिहीबार पनि बसिरहेको छ। राजनीतिक प्रतिवेदनमथिको छलफल लम्बिएकाले बैठक सकिन अझै केही दिन लाग्ने देखिएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड”ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बिहीबार पनि सदस्यहरुले धारणा राख्दैछन्।  

मेलम्चीमा संलग्‍न नेपाली निर्माण व्यवसायीको आन्दोलन गर्ने चेतावनी

मेलम्चीमा संलग्न नेपाली निर्माण व्यावसायीहरुले मेलम्चीको विदेशी ठेकेदार कम्पनी सीएमसीले दिनुपर्ने भुक्तानी नदिएको भन्दै आन्दोलन उत्रने चेतावनी दिएका छन्। उनीहरुले आज एक विज्ञप्ती जारी गरि २८ वटा निर्माण कम्पनीहरुको डेढ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जनाइएको छ।

मेलम्ची छोडेर भाग्‍ने ठेकेदारको दुई अर्ब धरौटी जफत गरिने

मेलम्ची छोडेर भाग्‍ने ठेकेदार कम्पनी सिएसीको दुई अर्ब धरौटी रकम जफत गरिने भएको छ। खानेपानी मन्त्री विना मगरले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको ठेकेदार कम्पनी सीएमसी भागेमा धरौटी जफत गरिने बताएकी छन्। 

उठिबास गर्ने विकास नचाहिने भन्दै खोकनाबासीको प्रदर्शन

राष्ट्रिय गौरवका आयोजनाको नाममा पुरातात्विक सम्पदा मास्न नपाइने भन्दै खोकनाबासी आन्दोलित भएका छन्। खोकनामा फास्ट ट्रयाक, बाहिरी चक्रपथ, बागमती करिडोर, कान्ति लोकपथ, स्मार्ट सिटी, मनोरेल र १३२ केभीको हाइटेन्सन लाइनलगायत आयोजना बन्न लागेका छन्। 

रेलवे रोडको अतिक्रमण हटाउन महानगर  सक्रिय

वीरगंज महानगरपालिकाले इनर बाइपास ( रेल्वे रोड) को अतिक्रमण हटाउन सुरु गरेको छ। सडक अतिक्रमण हटाउन प्रहरीको सहयोगमा   डोजर चलाइएको वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भिष्मकुमार भुषालले जानकारी दिए।

अब प्रहरीले भ्यानबाटै घटनाको सुक्ष्म अनुसन्धान गर्ने 

नेपाल प्रहरीले अपराध अनुसन्धानमा महत्वपूर्ण मानिने फरेन्सिक टेस्ट अब मोवाइल भ्यानबाटै सञ्चालन गर्ने भएको छ। प्रहरीले भारतको हेलिक कम्पनी पुनेबाट भ्यान खरिद गरेको हो। ९६ लाखमा खरिद गरिएको भ्यानमा चालकसहित ११ जना अनुसन्धान विषेशज्ञ घटना स्थलमै पुगेर अनुसन्धान सुरु गर्न सक्ने छन्। 

श्रीमती करणी गर्नेलाई डेढ वर्ष कैद, १० लाख क्षतिपूर्ती

श्रीमतीको इच्छा विपरित करणी गर्ने श्रीमानलाई जिल्ला अदालत कञ्चनपुरले डेढ वर्ष कैद र १० लाख रुपैया क्षतिपुर्ति दिलाउने फैसला गरेको छ। भीमदत्त नगरपालिका-२ की मञ्जु जोशीले श्रीमान डम्बरराज जोशीविरुद्ध दायर गरेको जबरजस्ती करणी मुद्दामा फैसला गर्दै अदालतले यस्तो सजाय सुनाएको हो।

कर्णालीमा पनि लाइसेन्स नविकरण सेवा

कर्णाली प्रदेशमा पनि बिहीबारदेखि सवारी चालक अनुमतिपत्र नविकरण सेवा सुरु भएको छ। कर्णालीका नागरिकको सहजताका लागि यातायात व्यवस्था कार्यालय सुर्खेतले लाइसेन्सको नविकरण सेवा सुरू भएको हो। 

को बन्ला ‘नेपाल आइडल–२’?

यतिबेला लोकप्रिय रियालिटी सो ‘नेपाल आइडल–२’ निकै चर्चामा छ। दर्शकश्रोताले अत्यधिक रुचाएको नेपाल आइडल–२ मा चार प्रतिस्पर्धी फाइनलमा पुगेका छन्। अहिले यी चार प्रतिस्पर्धीको चर्चा पनि चुलिएको छ। 

ट्रम्पदेखि हिलारिसम्मले गरे ‘जिरो’ को रिभ्यु 

साहरुख खानको फिल्म ‘जिरो’ हेर्नका लागि दर्शक ठूलो प्रतीक्षामा छन्। फिल्म ‘जिरो’ शुक्रबार रिलिज हुने भएको छ। फिल्ममा साहरुख खान एक पुड्के केटाको भूमिकामा छन्। उनलाई अनुष्का शर्मा र कटरिना कैफले साथ दिएका छन्। 

नेपालले युएईसँग वान-डे र टी-२० श्रृंखला खेल्ने

नेपाली क्रिकेट टोलीले युएईसँग वान-डे र टी-२० श्रृंखला खेल्ने भएको छ । आगमी महिना जनवरीमा नेपालले युएईसँग वान-डे र टी-२० श्रृंखला खेल्लने भएको हो। उक्त वान-डे र टी-२० क्रिकेट श्रृंखला नेपाल क्रिकेट संघ क्यान निलम्वनमा रहेको अवस्थामा खेलाडी र प्रशिक्षकको आग्रहमा आईसीसीले खेलाउन लागेको हो।

रोनाल्डोलाई रियलमा समर्थकले समेत सम्झि रहेका छन् : मार्सेलो

रियल मड्रिडका स्टार लेफ्ट ब्याक मार्सेलोले रोनाल्डोलाई सम्झिँदै भावुक प्रतिक्रिया दिएका छन्। रियलमा रहँदा रोनाल्डोका सबै भन्दा मिल्ने साथी बनेका मार्सेलोले उनलाई मैदानमा र मैदान बाहिर पनि उत्तीकै सम्झि रहेको प्रतिक्रया दिएका छन्। 

मि टु आरोपपछि स्वरुपले गरे आत्महत्या

भारतको जेनप्याक्ट कम्पनीका सिनियर म्यानेजर स्वरूपले मंगलबार आत्म हत्या गरेका छन्। नोयडास्थित उनले आफ्नो अर्पाट्मेन्टमा झुण्डिएर आत्म हत्या गरकेो हुन्। उनको कार्यरत कम्पनीका दुई महिलाकर्मीहरूले स्वरूपले यौन हिसां गरेको आरोप लगाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।