शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानी लडाकु काबुल नजिकै पुग्दा आफ्ना नागरिकको उद्धार गर्न उत्रियो अमेरिकी सेना

तालिबानी लडाकु काबुल नजिकै पुग्दा आफ्ना नागरिकको उद्धार गर्न उत्रियो अमेरिकी सेना

तालिवान लडाकुले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्ने क्रम तीव्र पारेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान पुगेको छ।
 |  शनिबार, साउन ३०, २०७८

बीबीसी

बीबीसी

शनिबार, साउन ३०, २०७८

काठमाडौं– तालिवान लडाकुले अफगानिस्तानका प्रान्तीय राजधानी कब्जा गर्ने क्रम तीव्र पारेपछि अमेरिकाको पहिलो सैन्य टोली अफगानिस्तान पुगेको छ। अमेरिकी सैनिक अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई उद्धार गर्न त्यहाँ पुगेका हुन्। मुलुकका आधा प्रान्त नियन्त्रणमा लिइसकेको  तालिबान लडाकु केन्द्रीय राजधानी काबुल नजिकै पुगेका छन्।

triton college

अमेरिकी सेनाले अफगानिस्तानस्थित अमेरिकी कूटनीतिज्ञ, कर्मचारीलगायतका अमेरिकी नागरिकलाई स्वदेश फर्काउने भएका छन्। 

अफगानिस्तानमा संघर्षरत तालिवान लडाकुले आधाभन्दा बढी प्रान्तीय राजधानी आफूको नियन्त्रणमा रहेको दाबी गरेको छ। देशका ३४ प्रान्तमध्ये १८ प्रान्तका राजधानी तालिबान लडाकुको नियन्त्रणमा रहेको उनीहरुले घोषणा गरेका छन्। यद्यपि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। यसबारे सरकारी पक्षबाट औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता भएसँगै तालिबान लडाकुले राजधानी नै नियन्त्रणमा लिने अभियान सुरु गरेका हुन । राजधानी कब्जा गर्ने अभियानमा उनिहरु निकै सफल देखिएका छन्। विदेशी सैनिक फिर्ता भएको दुई हप्ता मात्रै भएको छ भने लडाकुले एक हप्तादेखि प्रान्तीय राजधानी नियन्त्रणमा लिने अभियान चलाइरहेका छन्। 

पछिल्लो समय अफगानिस्तानमा संघर्षरत तालिबान लडाकु बढी आक्रामक देखिएका छन्। उनीहरुले धेरै ठाउँमा आक्रमण गरेका छन् भने दैनिक रुपमा विभिन्न ठूला सहर आफ्नो नियन्त्रणमा पार्न सफल भएका छन्। 

तालिबान लडाकुले १८ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त पछिल्लो २४ घण्टामा मात्रै नियन्त्रणमा लिएका हुन्। पछिल्लो पटक कन्दाहर, हेल्मान्ड, हेरात, बाड्घीस, घोर, लोगार, जाबुल र ओर्जुगान प्रान्त तालिबानको नियन्त्रणमा पुगेको छ। 

corrent noodles
Metro Mart

तीबाहेक पाक्तिया र वार्डाक प्रान्तमा भने राजधानी मात्रै सरकारी नियन्त्रणमा छन्। अन्य सबै भाग तालिबान लडाकुको नियन्त्रणमा छन्। लडाकुले पूर्वमुजाहिद्धिन नेता तथा जमात ए इस्लामी पार्टीका वरिष्ठ नेता इस्माइल खानलाई पनि नियन्त्रणमा लिएका छन्। 

पछिल्लो समय अफगानिस्तानमा संघर्षरत तालिबान लडाकु बढी आक्रामक देखिएका छन्। उनीहरुले धेरै ठाउँमा आक्रमण गरेका छन् भने दैनिक रुपमा विभिन्न ठूला सहर आफ्नो नियन्त्रणमा पार्न सफल भएका छन्। 

एकपछि अर्को सहर कब्जा गरिरहेको तालिबान लडाकुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार पनि केही दिनअगाडि कब्जा गरेको छ। कन्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो भने रणनीतिक हिसाबले समेत महत्त्वपूर्ण क्षेत्र हो। 

अमेरिकी सैनिक फिर्ता भएपछि तालिबान लडाकूको गतिविधि पनि बढी आक्रामक भएको देखिएको छ।उनीहरुको नियन्त्रण बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन थालेका छन्। विदेशी कूटनीतिहरु बाहिरिने क्रम बढेको छ।

तालिबान लडाकु समूहले अफगानिस्तानका एकपछि अर्को सहर आफ्नो नियन्त्रणमा लिएसँगै हजारौं सर्वसाधारण तुलनात्मक रूपमा सुरक्षित राजधानी काबुल पुगेका छन्। उक्त लडाकु समूह पनि हाल काबुल नजिक पुगेको बताइएको छ।

अमेरिकाले काबुल प्रान्त प्रवेश गर्ने क्षेत्रमा तालिबान लक्षित हवाई हमला गरेको विवरण आइरहेका छन्। अमेरिकी गुप्तचर निकायले तालिबानले ३० दिनभित्र अघि बढ्ने प्रयास गर्न सक्ने आकलन गरेको बताइएको छ।

एक जना स्थानीय सांसदले समाचार संस्था एपीलाई तालिबान विद्रोही समूह अफगानिस्तानको राजधानी काबुलबाट ११ किलोमिटर पर रहेको दक्षिणी सहरमा पुगेको बताएका छन्। तालिबानका अग्रपक्तिमा रहेका कमान्डर तथा सेनाले इस्लामिक सरिया कानुनको आफ्नो संस्करण पुनः लागू गराउने विषयमा आफूहरू कटिबद्ध रहेको बताएका छन्।

उक्त कानुनमा १२ वर्षभन्दा माथिका महिलालाई विद्यालय जानबाट रोक्ने, चोरीको आरोप लागेकाहरूको हात वा खुट्टा काटिदिने र यौन व्यभिचार गर्नेहरूलाई ढुंगाले हान्ने जस्ता प्रावधान छन्।

दसौं हजार अफगान नागरिक युद्धका कारण विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघलगायतका अन्तरराष्ट्रिय निकायले पनि अफगानिस्तानमा बढ्दै गएको हिंसा र नियन्त्रणको अभियानप्रति चासो र चिन्ता व्यक्त गरेका छन्। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको अवस्था नियन्त्रणबाहिर जान लागेको र युद्ध जारी रहे त्यसको सबैभन्दा ठूलो मूल्य सर्वसाधारणले चुकाउनुपर्ने बताएका छन्।

प्रकाशित: Aug 14, 2021| 17:29 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।