शुक्रबार, वैशाख १४, २०८१

निधिले भने- 'कांग्रेसले सरकारको भण्डाफोर गर्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले एकअर्कालाई दोष लगाउने भन्दा पार्टी एक जुट बनाउन सबै नेताहरुले ध्यान दिनु पर्नेमा जोड दिएका छन् । महासमितिको उद्घाटन सत्रलाई सम्बोधन गर्दे उनले आन्तरिक विवादले पार्टी बलियो नहुने भएकाले आपसी विवाद यहि अन्त्य गर्नु पर्नेमा जोड दिएका हुन् । 

आम कार्यकर्ताको धारणा शीर्ष नेताहरु एकजुट हुनुपर्छ भन्ने रहेकाले उनीहरुको भावनको कदर गर्नुपर्ने बताए । सबैको चाहना देशको लोकतान्त्रिक पार्टी बलियो होस भन्ने रहेकाले त्यसैअनुसार रणनीति बनाएर अघि बढ्नु पर्ने उनको भनाइ थियो । उनले भने- 'नेपाली कांग्रेस बलियो हुनका लागि वैचारिक र सैद्धान्तिक प्रस्टता आवाश्यक । त्यो आवाश्कता यो महासमितिले मात्रै पुरा गर्नसक्छ ।' 

उनले संगठनको सुदृढिकरणमा जोड दिदै ७७ जिल्लामै कांग्रेसले आफ्नो उपस्थिती बढाउन नेतादेखि कार्यकर्ता सक्रिय बन्नु पर्नेमा जोड दिए । उनले कांग्रेसले जनताको पक्षमा र सरकारको गलत कामको विपक्षमा भण्डाफोर गर्ने बताए । 

सरकारले आफ्नो मनमौजी तरिकाले काम गर्न थालेको भन्दै निधिले अब कांग्रेस सहेर नबस्ने चेतावनी दिए। सांगठनिक रुपमा सरकारका गलत कदमविरुद्ध मुकाविला गर्न तर्फ ध्यान केन्द्रित गर्नु पर्ने भन्दै नेतृत्वले कार्यकर्ता परिचालन गर्नुपर्ने बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।