शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विश्व यात्रा गरेको पुष्करको पुरानो साइकल डेढ लाखमा लिलाम 

विश्व यात्रा गरेको पुष्करको पुरानो साइकल डेढ लाखमा लिलाम 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- विश्व किर्तिमानी साइकलयात्री पुष्कर शाहले नेपालको राष्ट्रिय झण्डा बोकेर सगरमाथाको देश नेपाललाई विश्वमा चिनाए। सात वर्ष अघि साइकल चढेरै विश्वलाई साढे पाँच फन्को लगाएर किर्तिमान कायम गरे पुष्कर यतिबेला गुमनामजस्तै छन्। 

केही महिनाअघि उनले सामाजिक सञ्‍जाल फेसबुकमा अष्ट्रेलियाको एक रेस्टुरेन्टमा भाडा माझिरहेको जानकारीसहित कारुणिक भावको स्टाटस पोस्ट गरे र सँगै थियो भाँडा सफा गरिरहेको तस्बिर। 

पुष्करको विश्व साइकल यात्राको वृत्तान्तलाई राज्यले क्यास गर्न सकेन उनी विदेश भासीए। विश्वका एक सय ५० देश घुमेका पुस्करसँगै सहयात्री बनेको उनको पुरानो साइकल यही साता सिड्नीमा करिब डेढ लाखमा बिक्री भयो। 

राज्‍यले उनीबाट पर्यटन प्रबर्द्धनमा ठूलो फाइदा लिन सक्छ। पुस्करले भाँडा माझ्नु कुनै तल्लोस्तरको गर्नै नहुने काम पनि होइन। तर, पुष्करले भाँडा माझ्न चलाउने मस्कोभन्दा साइकल चलाउने पाइडल महत्वपूर्ण थियो। उनी भाँडा माझ्ने मजदूरभन्दा नेपाली पर्यटन क्षेत्रमा साइक्लिङ र सगरमाथा आरोहणको मोटिभेटर बन्दा देशलाई धेरै फाइदा छ।

विडम्बना उनले आफ्‍नो नाममा स्थापित कोषमा रकम जम्मा गर्न आफू चढेको साइकल लिलाम गर्न पर्‍यो। सिड्नीमा पुस्करको कोषमा सहयोगका लागि भएको रात्री भोजमा इन्द्रेणी फंसन सेन्टरले उनको साइकल एकहजार आठ सय ५० अष्ट्रेलियन डलरमा लिलाम स्वीकार गरेको हो।

त्यस्तै उनको लागि सिड्नीका चित्रकारले उपहार दिएका दुई चित्रहरु पनि एक हजार पाँच र सात सय ७० अष्ट्रेलियन डलरमा बिक्री भएका छन्।

कुनै आयोजक र प्रायोजकविना स्वतस्फूर्तरुपमा भएको कार्यक्रममा प्राप्त सहयोगबाट आफूले नेपालमा एउटा क्याफे खोल्ने पुष्करले बताएका छन्।

यो पनि, पुष्कर शाहलाई तेन्जिङ नोर्गे नबनाऊँ !
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।