शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • झोलामा विष बोकेर गृहमन्त्रीलाई भेट्न किन पुगे पूर्वलडाकु ?

झोलामा विष बोकेर गृहमन्त्रीलाई भेट्न किन पुगे पूर्वलडाकु ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-तत्कालीन माओवादीका एक पूर्वलडाकुले विष पिएर गृहमन्त्रीकै सामुन्ने प्राण त्याग्ने योजनाअनुसार झोलामा मेटासिड र सुसाइड नोट बोकेर मन्त्रिनिवास पुगेको खुलासा भएको छ।

नेतृत्वसमक्ष पटकपटक गुनासो र आग्रह गर्दा पनि कुनै सहयोग नपाएपछि निराश भएका पूर्वलडाकुले कुलप्रसाद भट्टराईले तत्कालीन माओवादी नेतृत्वको चरम अवसरवादी शैलीबाट दिक्क भएर यस्तो योजना बनाउन विवश भएको प्रहरीसमक्ष् बताएका छन्। भट्टराई बिहीबार पुल्चोकस्थि गृहमन्त्री निवासमा जाने क्रममा मेटासिड र सुसाइड नोटसहित गेटबाटै प्रक्राउ परेका थिए । 

त्यसपछि यो घटनाले मन्त्रिक्‍वार्टरमै हल्लीखल्ली भयो। यो घटनाले गृहमन्त्री थापा तनावमा छन् भने मन्त्री निवासको सुरक्षा व्यवस्थाबारे पनि समीक्षा गरिएको छ। 

द्वन्द्वकालमा माओवादीले सरकारसँग गरेको सम्झौता पालना नगरेको, आफूले देशमा गणतन्त्र ल्याउन जनयुद्ध लडे पनि अहिले बेरोजगारीका कारण परिवार पाल्नै कठिन भएको र पार्टीमा चरम बेथिति बढेपछि गृहमन्त्रीकै अगाडि विषपान गर्न खोजेको बयान पूर्वलडाकुले प्रहरीलाई दिएका छन् ।

प्रहरीका अनुसार बिहीबार बिहान ९.२० बजे भट्टराई गृहमन्त्री थापा भेट्न मन्त्रीा निवास पुगेका थिए । झोला चेक गर्दा मेटासिडको बोतल भेटिएपछि उनलाई तत्काल जिल्ला प्रहरी कार्यालय ललितपुरमा बुझाइएको थियो । 

भट्टराईलाई बिहीबार दिनभर महानगरीय प्रहरी परिसरमा राखिएको थियो । ३३ वर्षीय भट्टराई निकै तनावमा देखिन्थे। जनयुद्धका क्रममा घाइते भएका उनले यसअघि पनि गृह मन्त्रालयमै पुगेर गृहमन्त्री थापाकै अगाडि विषपान गरेका थिए । 

उनलाई तत्काल गृह मन्त्रालयकै गाडीमा वीर अस्पताल पुर्‍याइएको थियो । एक साता उपचारपछि निको भएका उनले फेरि गृहमन्त्री थापाकै निवासमा पुगेर आत्महत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । उनको साथमा फेला परेको सुसाइड नोट सुरक्षाकर्मीले गृहमन्त्रीको सचिवालयमा पुर्‍याएका छन् ।

स्रोतका अनुसार गृहमन्त्री थापाले भट्टराईलाई सम्झाई बुझाई गरेका छन् । उनले भट्टराईलाई गृहजिल्ला पुर्‍याउन कालिकोटका राष्ट्रियसभा सदस्य जीवन बुढालाई आग्रह गरेका थिए । त्यसपछि बुढा प्रहरी परिसर ललितपुर पुगेर भट्टराईलाई जिम्मा बाहिरिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।