शुक्रबार, वैशाख १४, २०८१

मौद्रिक नीतिलाई नाडाको स्वागत

'सार्वजनिक यातायातको व्यवसायमा संलग्न व्यवसायीहरुलाई केही राहत पुग्ने देखिन्छ,' अध्यक्ष दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले स्वागत गरेको छ। नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै सवारी साधनको व्यवसायमा संलग्नहरूलाई राहत पुग्ने गरी मौद्रिक नीति आएको भन्दै स्वागत गरेको हो। 

triton college

'सार्वजनिक यातायातको व्यवसायमा संलग्न व्यवसायीहरुलाई केही राहत पुग्ने देखिन्छ,' अध्यक्ष दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

विद्युतीय सवारी साधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत कायम राख्दै यस्ता सवारी साधनको लागि आवश्यक चार्जिङ्क स्टेसन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनरकर्जा उपलब्ध हुने व्यवस्था मिलाइने भनिएकाले राहत पुग्ने नाडाको ठहर छ। कोभिडबाट अति प्रभावित सार्वजनिक यातायात संचालन/मर्मत सम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रति सवारी साधन २ लाखसम्म थप कर्जा प्रदान गर्न सक्ने व्यवस्थाले पनि सहज बनाउने उसको भनाइ छ। 

यस्तै ऋणी स्वयं रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने रु २५ लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्थाले विपन्न वर्गले पनि व्यवसाय र सवारी सुविधा लिन सक्ने उसको भनाइ छ। 

प्रकाशित: Aug 14, 2021| 15:45 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्