शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • स्वयंवरमा सहभागी भएर लखनउ फर्के योगी, नेपालीमा गरे सुरुवाती सम्बोधन

स्वयंवरमा सहभागी भएर लखनउ फर्के योगी, नेपालीमा गरे सुरुवाती सम्बोधन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- रामजानकी विवाहोत्सव कार्यक्रम अन्तर्गत स्वयंभर कार्यक्रममा सहभागी भएर भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वदेश फर्किएका छन्। 

जनकपुरस्थित रंगभूमि मैदानमा आयोजना गरिएको स्वयंभर कार्यक्रममा सहभागी भएर योगी अपरान्ह ४ बजे उत्तर प्रदेशको राजधानी लखनउ फर्किएका हुन् । रामजानकी विवाहोत्सवमा सहभागी हुन आएका योगी जनकपुरमा झण्डै करिब पाँच घण्टा बिताएका थिए।

हजारौं तिर्थालु सहभागी रहेको रंगभूमि मैदानमा रामजानकी स्वयंभर सम्पन्न भएको थियो। स्वयंभर कार्यक्रममा सम्बोधन गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगीले जनकपुर र अयोध्याबीच धार्मिक तथा सांस्कृति सम्बन्ध रहेको स्मरण गरे।

जनकपुर र अयोध्याबीचको धार्मिक तथा सांस्कृति सम्बन्धले दुई मुलुकबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाएको बताउँदै योगीले भगवान राम र माता सीताले स्थापित गरेको आदर्श तथा मूल्यमान्यता अझै कायम रहेको उल्लेख गरे । रामकथाले भारत र नेपालका नागरिकलाई एकसुत्रमा बाँधेको उनको भनाइ थियो।

नेपाली भाषामा आफ्नो सम्बोधनको सुरुवात गरेका योगीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाइ र शुभकामना बोकेर जनकपुर पुगेको बताए। मिथिलाको पवित्र भूमि जनकपुर पुगेर गौरवान्वित महसुस भएको भन्दै योगीले सम्पूर्ण भारतवासीको दूत बनेर यहाँ आएको उल्लेख गरे।

प्राचिन समयमा विश्व अन्धकार रहेको बेला जनकपुर ज्ञानको भूमिको रुपमा परिचित रहेको भन्दै भगवान बुद्ध र महावीरले समेत साश्वस्त सत्यको खोजी गर्दै जनकपुर पुगेको उनले बताए।

जनकपुर र अयोध्याको दुरी कम गर्न चार लेनको राम-जानकी मार्ग निर्माण गरिने उनले बताए। राम-जानकी सडक निर्माणपछि दुई स्थानको यात्रा चार घण्टामा तय गर्न सकिने योगीले उल्लेख गरे। जनकपुरधामको आफ्नो यात्रा दुई मुलुकबीचको जनताको भावना अनुसार स्थायी मैत्रीपूर्ण सम्बन्धलाई चित्रण गरेको उनको भनाइ थियो। जनकपुर पुगेर आफूलाई घरमै बसेको अनुभूति भएको योगीले बताए।

उक्त अवसरमा जनकपुरवासीका तर्फबाट उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई नागरिक अभिनन्दन गरेका थिए।




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।