शुक्रबार, वैशाख १४, २०८१

फोरम र राजपाबीच एकीकरण !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- पछिल्लो तीन तहको निर्वाचनपछि मधेशको राजनीतिमा दुई मधेश केन्द्रित दल अघि आएको छ। निर्वाचनका परिणाम अनुसार प्रदेश २ मा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपाल दुई शक्तिशाली राजनीतिक दल बन्न सफल भएका हुन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आपसी तालमेलका आधारमा चुनावमा भिडेका राजपा र फोरमबीच एकीकरण गर्ने प्रयास सुरु भएको छ। यसअघि राजपा राजनीतिक दल नभई केहि मठाधीशहरुको भुण्डमात्र रहेको बताउँदै आएका फोरम अध्यक्ष उपेन्द्र यादवले आफ्नै नेतृत्वमा राजपासँग वार्ता आह्वान गर्दै वार्ता कमिटीसमेत गठन गरी सकेको बताइएको छ। शनिबारदेखि राजधानीमा सुरु भएको फोरम केन्द्रीय समिति बैठकले अध्यक्ष यादवको नेतृत्वमा वार्ता कमिटी गठन गरेको हो।

वार्ता कमिटी हालै गठन गरिएपनि दुई दलबीच एकीकरणका लागि विगत ६ महिनादेखि प्रयास भइरहेको राजपाका एक नेताले बताए। पार्टी एकीकरण गर्न दुई दलबीच पटकपटक छलफलसमेत भएको उनको भनाइ छ। राजपाका ती नेताका अनुसार दुई दलबीच एकीकरण गर्न राजपाका अध्यक्षमण्डल संयोजक राजेन्द्र महतो र सदस्य महन्थ ठाकुरबीच पटकपटक वार्ता भइसकेको छ।

यसअधि राजपाका तत्कालीन संयोजक महन्त ठाकुरमाथि जातीय झुण्डको नेताको आरोप लगाउँदै आएका फोरम अध्यक्ष यादवले शनिबारको बैठकमा आफ्नै प्रस्तावमा वार्ता कमिटी गठन गर्न लगाएको स्रोतको दाबी छ। दुई दलबीचको एकीकरणका सम्बन्धमा राजपाका तत्कालीन संयोजक ठाकुरपनि सकारात्मक देखिएको राजपाका एक नेताले बताए । यद्यपी फोरम अध्यक्ष यादवभने ठाकुरको नेतृत्वमा बस्न रुचाएका छैनन्।

मधेशको राजनीतिमा एक अर्काको कट्टर विरोधीका रुपमा देखिने फोरम र राजपाबीच एकीकरणको सुत्र भारतले बुनेको बताइएको छ। मधेशमा एउटा वैकल्पिक शक्ति हुनुपर्ने भारतको चाहना अनुसार दुई दलबीच एकीकरणको कुरा चुलिएको स्रोतले जनायो। ‘भारतले मधेशमा एउटा मजबुत वैकल्पिक शक्ति होस भन्ने चाहेको छ,’ स्रोतले भन्यो,‘भारतमा लोकसभा निर्वाचन सके लगत्तै एकीकरण प्रक्रिया अगाडी बढ्न सक्दछ।’

यता फोरमका एक नेताका अनुसार राजपासँग मात्र नभएर मुद्दा र विचार मिल्ने अन्य दलसँग एकीकरण गर्न वार्ता समिति गठन गरिएको बताए।

तर मधेश मामिलासम्बन्धी जानकारहरुले फोरम र राजपाबीच तत्काल एकीकरण हुने कुनै संभावना रहेको बताउँछन्। सरकारमा सामेल भएयता फोरम अध्यक्ष यादवको लोकप्रियता खस्कदै गएको छ। 

संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाइ केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको फोरम अध्यक्ष यादवले हालसम्म त्यो मुद्दा अगाडी बढाउन सफल हुन सकेका छैनन्। मधेशका जनताबीच खस्कदै गएको साख जोगाउन उनले एकीकरणको ‘स्टन्ट’ गरेको जानकारहरुको दाबी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।