शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अँध्योरोमा पनि उत्कृष्ट तस्बिर लिने सघाउने ओपो आर १७ प्रो

अँध्योरोमा पनि उत्कृष्ट तस्बिर लिने सघाउने ओपो आर १७ प्रो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आधिकारिक रुपमै आर सिरिज नेपालमा सार्वजनिक गर्ने तयारी पूरा भएको घोषणा गरेको छ। नेपालमा निकै लामो समयदेखि प्रतिक्षारत आर-सिरिजको सुरुवात नयाँ स्मार्टफोन ओपो आर१७ प्रोमार्फत गर्ने छ। नेपालमा आर१७प्रो को विक्रिको सुरुवात नजिकिदै गरेको क्रिसमस तथा न्यू इयरको अवसर पारेर डिसेम्बर १५मा गरिने कम्पनीले जानकारी दिएको छ। 
 
आर १७ प्रोमार्फत आफ्ना उपभोक्तालाई रातका समयमा पनि उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको प्रमुख उद्देश्य रहेको छ। आफ्नो पहिलो क्यामेरा फोन देखि नै ओपोले आफ्ना विश्वभरका उपभोक्तालाई उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दै आइरहेको छ। अब आफ्नो आर१७प्रोमा रहेको अल्ट्रा नाइट मोडद्वारा प्रचालित‘सिज द नाइट’मार्फत थप यूवाहरुको लोकप्रिय स्मार्टफोन बन्ने आफ्नो प्रतिबद्धता पुरा गरिरहेको छ।
 
गुणस्तरीय फोटोग्राफीका लागि उत्कृष्ट क्यामेरा
 
उत्पादनमा समाहित प्रविधिका कुरा गर्दा ‘नाइट सुटिङ’ अझै पनि स्मार्टफोन उद्योगका लागि एक प्रमुख चुनौतिका रुपमा विद्यमान छ। विशेषगरी नाईट फोटोग्राफीलाई ध्यानमा राखीओपो आर१७प्रोमा हार्डवेयर तथा सफ्टवेयर दूवै पक्षमा स्तरोन्नती गरिएको छ। 

आर१७प्रोमा प्रयोगकर्तालाई उत्कृष्ट गुणस्तरको नाइट फोटो लिन सघाउन सफ्टवेयर लेभल एआई अल्ट्रा क्लियर ईञ्जिनको ब्यवस्था गरिएको छ। फोनमा दिइएको एआई अल्ट्रा-क्लियर ईञ्जिन ओपोको तस्विर परिस्कृत गर्ने प्रविधि हो। यसले हार्डवेयरको सिमा भन्दा माथी उठेर तस्विरको गुणस्तरमा वृद्धि गर्दै उत्कृष्ट नाइट सट्स लिन सघाउँछ।

ओपो आर१७प्रोमाएफ १.५-एफ२.४ को भ्यारिएबल स्मार्ट एपर्चर दिइएको छ। यसले कम वा अधिक प्रकाश भएका दूबै अवस्थामा तस्विरलाई स्पष्ट र गुणस्तरिय बनाउन स्वचालित रुपमा आफुलाई समायोजन गर्ने क्षमता राख्छ।

त्यसैगरी फोनमा अप्टिकल ईमेज स्टेबलाइजेशन (ओआईएस) प्रविधि पनि छ । यसले फोनमा उपलब्ध गरिएको ७पी लेन्स मोड्यूलको माध्यमबाट रातको समयमा खिचिने तस्विरलाई उज्योलो बनाउन लामो एक्स्पोजरको प्रयोगकता दौरान तस्विरलाई स्टेबलाइज गर्न सघाउँछ। 

त्यसैगरी, सेन्सरका कुरा गर्दा आर१७प्रोमा मुख्य क्यामेराका रुपमा सोनी आईएम एक्स३६२को प्रयोग गरिएको छ। १२ एमपीको यो क्यामेरामा तिब्र र सटिक फोकसिङका लागि डुअल पिक्सेलको ब्यवस्था गरिएको छ। साथै, नोइज लेभलकम गर्न तथा चहकिला नाइट सट्सका लागि फोनमा १.४ माइक्रोन पिक्सेल साइज र १-२.५५ सेन्सर साइजको व्यवस्था फोनमा रहेको छ । छोटकरीमा भन्नु पर्दा ओपो आर१७प्रोको समग्र हार्डवेयर प्रणालीको डिजाइन नै विशेषगरी नाइट फोटोग्राफीलाई ध्यानमा राखि गरिएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्