शुक्रबार, वैशाख १४, २०८१

‘आयात बढी भएर निर्यात कम हुँदा समस्या थपियो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–आयातभन्दा पनि निर्यात नहुनु मुख्य समस्या देखिएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को राजधानीमा शनिबार २१ औं वार्षिकोत्सब मनाउने क्रममा अर्थमन्त्री युवराज खतिवडाले मुलुकको विभिन्न देशहरुसँग भएको ब्यापारमा आयात कति भयोभन्दा पनि निर्यात हुन नसक्नु ठूलो समस्या रहेको बताए।

उनले मुलुकको भौतिक लगायत पूर्वाधार निर्माण गर्न, जलविद्युत अयोजना निर्माण, विमान खरिद लगायत विभिन्न मेसिन कच्चापदार्थको निमित्त ठूलो करम खर्चिनु परेको जानकारी दिए। ‘त्यसकारण पनि आयात बढ्न गएको हो,’ उनले भने ‘त्यसलाई सन्तुलन राख्न निर्यात बढ्नु पथ्र्यो। त्यसो हुन सकेको छैन।’ त्यसकारण चालु खाता भुक्तानी सन्तुलन हुन नसकेकोले चिन्ता निम्ताएको उनको भनाई छ।

उनकाअनुसार ब्यापार घाटा बढी रहेको छ। यो चिन्ताको विषय हो। तर अयात धेरै भएर हो किन निर्यात हुन नसकेर हो त्यसप्रति पनि हाम्रो ध्यान जानुपर्छ। सेवा निर्यातको दृष्टिकोेणले बैंकिङ, बीमा, पर्यटन लगायतका क्षेत्रमा बढी घाटा भएको देखिन्छ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको चार महिनाको अबधिमा मात्रै नेपालले विभिन्न मुलुहरुसँग भएको ब्यापारमा चार खर्ब ५४ अर्ब रुपैयाँ घाटा बेहोरेको छ। चार खर्ब ८३ अर्ब रुपैयाँ आयात भएकोमा २९ अर्ब रुपैयाँ मात्रै निर्यात भएको छ।

मन्त्री खतिवडाले मुलुकमा उत्पादकको सहभागितामा सधैंको र सबैको लागि विकास गर्नु पर्ने धारणा राखे। त्यसका लागि सरकारी गैरसरकारी निकायबीच सहकार्य हुनु पर्ने जोड दिए।

संघ, प्रदेश र स्थानीय तह पनि त्यसमा सहभागीता हुनुपर्छ। जसमा आन्तरिक र बाह्रय दुवै साझेदारी आवश्यक पर्छ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सरकारले लगानी भित्र्याउनमा जोड दिनु पर्ने बताए। साथै पर्ख र हेरको अवस्थालाई छोडर अघि बढाउनु पर्ने उनको भनाइ छ।

उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष शतिसकुमार मोर र चेम्बर अफ कमर्शका उपाध्यक्ष  कमलेश्वर अग्रवालले पनि ब्यापार घाटा कम गर्दै उत्पादन बढाउन पर्नेमा जोड दिए। मुलुकमा लगानीको वातावरण बनाउदै त्यसलाई ब्यवहारमा लागुन गर्नु पर्ने उनीहरुको धारणा छ।

सेजनद्वारा खड्का र योन्जन पुरस्किृत

सेजनले आफ्नो वार्षिकोत्सवको अवसर पारेर दुई जना पत्रकारलाई पुरस्किृत गरेको छ भने तीन जनालाई फेलोसिप प्रदान गरेको छ। सेजनले छापा माध्यममा वर्षभरी उत्कृष्ट आर्थिक समाचार सम्प्रेषण गर्ने नागरिक दैनिकका रुद्र खड्कालाई र विद्युतिय सञ्चार माध्यममा क्यापिटल डटकमका सुवास योन्जनलाई सेजन अवार्ड प्रदान गरेको छ। उनीहरुले ५०/५० हजार नगद राशिसहतिछ सम्मान पत्र पाएका छन्।

त्यस्तै कारोबार दैनिकका भगवान खनाललाई स्वर्गिय पत्रकार सञ्जय न्यौपानेको नाममा स्थापना गरिएको फेलोसिप प्रदान गरिएको छ भने हाइड्रोको फेलोसिप विजमान्डु डटकमका अरुण सापकोटा र अमर वडुवालले पाएका छन्।

कार्यक्रममा पत्रकारीतामा योगदान गरेका विभिन्न आर्थिक वरिष्ठ पत्रकारहरुलाई सम्मान गरिएको थियो। कार्यक्रमकै अवसर पारेर सेजनले आफ्नो स्मारिका ‘अर्थनीति’ बिमोचन गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्