शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • विश्‍व बैंकको ‘डुइङ बिजनेश'को तथ्यांकप्रति अर्थमन्त्रीको आपत्ति

विश्‍व बैंकको ‘डुइङ बिजनेश'को तथ्यांकप्रति अर्थमन्त्रीको आपत्ति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले ‘डुइङ बिजनेश रिपोर्ट-२०१९’ को तथ्यांकप्रति आपत्ति जनाएका छन्। 

विश्व बैंकका प्रतिनिधि तथा डुइङ बिजनेशको मिसनसँग आफ्नै कार्यकक्षमा शुक्रबार छलफल गर्दै मन्त्री खतिवडाले नेपालले लगानीको वातावरण सुधारको लागि नीतिगत र प्रणालीगत सुधारका कार्यलाई निरन्तरता दिइएको जानकारी गराउँदै उक्त सूचकांकको आधार र विधिमा परिमार्जन गर्न आग्रहसमेत गरेका छन्।

विश्व बैंकको पछिल्लो प्रतिवेदनअनुसार गत वर्षको तुलनामा यो वर्ष अन्तर्राष्ट्रिय परिदृश्यमा नेपालमा लगानीयोग्य वातावरण‘डुइङ बिजनेश’ पाँच स्थान तल झरेको छ। प्रतिवेदनअनुसार गत वर्ष १०५ स्थानमा रहेकोमा यो वर्ष झन खराब देखाउदै ११० औं स्थानमा झरेको छ। 
   
छलफलको क्रममा मिसनले डुइङ बिजनेशको विविध पक्षमा विवेचना गर्दै उच्चस्तरीय प्रतिवद्धता भएमा तथा केहि नीतिगत र प्रक्रियागत विषयहरुमा थप सुधार गर्न सकिएमा नेपालमा लगानीयोग्य वातावरणमा सुधार आउने बताएका छन्।

यसको प्रत्युत्तरमा अर्थमन्त्री खतिवडाले अर्थ मन्त्रालयले आर्थिक सुधार प्रकृयामा सम्पर्क मन्त्रालयको रुपमा कार्य गर्ने र लगानीको वातावरण श्रृजना गर्ने कार्यको नेतृत्व स्वयं आफूले लिने भन्दै उच्च प्रतिवद्धताका साथ निजी क्षेत्रको लगानी वातावरण सुधारका प्रयासहरुलाई अगाडी बढाइने बताए।

नेपालले औद्योगिक श्रम सम्बन्धमा कानूनतः रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय सम्झौता तथा समझदारीबाट नयाँ औद्योगिक वातावरण सृजना गरिसकेको केहि वर्षदेखि असल औद्योगिक श्रम सम्बन्ध कायम रहेको जानकारी दिए। 

त्यसलाई जोड दिदै प्रतिवेदनमा उल्लेख गरिएका धेरै विषयहरुले मुलुकका पछिल्ला सुधारहरु प्रतिविम्वित हुन नसकेको र हाल सुधारका कार्यले गति लिइरहेको सन्दर्भमा आगामी दिनमा यस प्रकारको प्रतिवेदन तयारी गर्दा निजी क्षेत्रसँगै सार्वजनिक क्षेत्रसँग पनि गम्भिर छलफल गरी वास्तविक विरवरणलाई समावेश गर्नु पर्ने धारणा राखे।

मिसनकोतर्फबाट विश्व बैंकका नेपाल स्थित देशीय प्रबन्धकले सरकारसँगै मिलेर अगाडि बढ्ने र कहिलेकाँही सहि र पर्याप्त सूचना संप्रेषण नहुँदा पनि प्रतिवेदनले वास्तविकता सम्बोधन गर्न नसक्ने भएकोले यसतर्फ सम्बद्ध पक्ष गम्भिर हुनु पर्ने धारणा राखेका थिए।

छलफलको क्रममा अर्थ सचिव, राजस्व सचिव लगायतका अर्थ मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु र विश्व बैंकका नेपाल देशीय प्रवन्धक तथा विश्व बैंकका उच्चपदस्थ कर्मचारीहरु र डुइङ बिजनेशको मिसनका प्रतिनिधिहरु उपस्थित थिए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्