बुधबार, वैशाख २६, २०८१

कांग्रेसको विधान संशोधनमा छलफल जारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि छलफल जारी राखेको छ। 

मुलुक संघीय संरचनामा गएपछि पार्टीको विधानलाई पनि सोहीअनुसार लैजान विधान संशोधन समितिले तयार पारेको विधान मस्यौदामाथिको छलफल शुक्रबार पनि जारी छ। कांग्रेसले यही मंसिर २८ देखि पुस ३ सम्म काठमाडौंमा हुन लागेको महासमिति बैठकमा राखिने विधानलाई अन्तिम रुप दिन छलफल जारी राखेको हो।

पार्टी केन्द्रीय कार्य समितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुने भएकाले केन्द्रीय समितिमा संशोधित मस्यौदामाथि व्यापक छलफल भएको हो। 

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नरहरि आचार्य, बालकृष्ण खाँण, डा चन्द्र भण्डारी, कमला पन्त, पुष्पा भुसाल, मीन विश्वकर्मा, ईश्वरी न्यौपाने, रामकृष्ण यादव, अतहर मुसलमान र आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले आ-आफ्नो धारणा राखेका थिए।

बैठकमा पार्टीको नयाँ सदस्यताको व्यवस्था गर्ने वा पुरानो सदस्यतालाई निरन्तरता दिने, पदाधिकारी सङ्ख्या बढाउने वा पुरानो कायम गराउने, जनसम्पर्क समितिको पार्टीको सहभागिता पुरानै ढंगले गर्ने वा नयाँ हिसाबले लैजाने भन्ने बारेमा सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

विधान संशोधनका लागि प्रस्ताव गरिएको मस्यौदामाथि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ। 'संशोधनका लागि प्रस्ताव गरिएको मस्यौदामाथि दफावार छलफल भएको छ,' प्रवक्ता शर्माले भन्नुभयो । संशोधन हुन लागेको विधानबारे छलफल गर्न बैठक मङ्सिर १६ गते बिहान ११ बजे बोलाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।