शुक्रबार, वैशाख १४, २०८१

२.० ले रिलिज अगाडिनै कमायो ३७० करोड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुम्बई – अक्षय कुमार र रजनीकान्तको फिल्म २.० ले रिलिज अगाडि नै  ३७० करोड कमाएको छ। यतिबेला दुवै अभिनेता आफ्नो फिल्मलाई लियर उत्साहित छन्। ५ सय करोडको लागतमा बनेको फिल्मले रिलिज अगाडि नै राम्रो चर्चा पाएकाले उनीहरु उत्साहित बनेका हुन्। 

फिल्मले सेटेलाइट राइट्स, डिजिटल राइट्स र डिस्ट्रीब्यूशन बेचेकाका कारण यो कमाई गरेको हो। लाइका प्रोडक्सनले फिल्मको सेटेलाइट १२० करोडमा बचेको छ। यस्तै फिल्मको डिजिटल राइट्स ६० करोडमा बिक्रिभएको छ। यो फिल्म भारतीय महंगा फिल्महरु मध्येको एक हो। फिल्म २०१० सालमा आएको रजनीकान्तको फिल्म ‘रोबोट’ सिक्वेल हो।

फिल्मले रिलिज हुनुभन्दा अगाडी नै सबै रेकर्ड तोडिरहेको छ। फिल्मले रिलिज मितिसम्म बक्स अफिसमा ८५ करोडको कमाई गर्न सक्ने फिल्म युनिटको विश्वास छ। यो फिल्म ‘२.०’ नोभेम्बर २९ मा प्रदर्शनमा आउँदैछ। 

यो फिल्म भारतमा मात्र ६६ सय देखि ६८ सय हलमा एक साथ प्रदर्शन हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  जबकी ‘बाहुबली २’ भारतका ६५ सय हलमा प्रदर्शन भएको थियो। यस्तोमा प्रदर्शन अगावै २.० फिल्मले नयाँ रेकर्ड बनाएको छ। 

फिल्म २.० मा अक्षय कुमार, रजनीकान्त, एमी ज्याक्सनको मुख्य भुमिकामा छन्। एस शकरले निर्देशन गरेको फिल्ममा ४डी साउण्ड प्रविधि प्रयोग गरिएको छ भने ब्याकग्राउण्ड एआर रहमानले १५० दिनमा बनाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्