शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • गैरकानुनी कारोबारले अपराध बढायोः मुख्यमन्त्री पोखरेल

गैरकानुनी कारोबारले अपराध बढायोः मुख्यमन्त्री पोखरेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- हिउँद लागेसँगै मेला महोत्सवको ठेलमठेल हुन्छ। त्यसै मेसोमा रुपन्देहीको मणिग्राममा बिहीबारदेखी 'राष्ट्रिय स्वाधिनताका साथ राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि औद्योगिकरण तथा व्यापार विविधिकरण' भन्ने नारासहित तिलोत्तमा औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०७५ शुरु भएको छ ।

शान्तिका प्रतिक परेवाको जाडी उडाएर महोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्योगी व्यवसायीले गैरकानुनी धन्दा र कारोबार नगरे अपराध स्वतः घटेर जाने बताएका छन्। उनले भने, ‘गैरकानुनी काम गर्दा त्यसले आर्थिक अपराध बढाउने र अन्ततः त्यसले व्यवसायीहरुलाई नै असुरक्षित बनाउने गर्दछ।’ 

मुख्यमन्त्री पोखरेलले कृषिलाई व्यवसायीकरण गर्र्दै गएमा राष्ट्र निर्माणमा उद्योगी व्यवसायीको योगदान महत्वपूर्ण हुने हुने बताए। उनले मेला महोत्सवमा अनुपत्दाकमूलक क्षेत्र पिङमा बढी खर्च हुने र आम्दानीको ठुलो हिस्सा त्यस्तै कुरामा खर्च गरिंदा मेला महोत्सवहरु लक्ष्य अनुसार सफल हुन नसकेको पनि बताए। 

उद्योग व्यापार संगठन रुपन्देही तिलोत्तमा शाखाको मुख्य आयोजना, उद्योग व्यापार संगठन रुपन्देहीको आयोजना तथा तिलोत्तमा व्यापार संघ, तिलोत्तमा नगरपालिका र तिलोत्तमा उद्योग वाणिज्य संघको सहआयोजनामा सञ्चालित महोत्सव मंसिर १८ गते सम्म चल्नेछ।

प्रदेश सरकारका मन्त्री, स्थानिय सरकार प्रमुख तथा सरकारी कार्यलयका प्रमुखहरुको बाक्लो सहभागीता रहेको उक्त महोत्सवको उद्घाटन समारोहमा मन्तब्य राख्दै उद्योग व्यापार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले तिलोत्तमामा व्यापार मण्डपको जरुरी रहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।