शुक्रबार, वैशाख १४, २०८१

सरकार मोजमस्तीमा भुल्यो: सिटौला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत- नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार मौजमस्तीमा भुलेको अरोप लगाएका छन्। मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा कांग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा बोल्दै नेता सिटौलाले यस्तो आरोप लगाएका हुन्।

राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद गर्ने लागेको प्रशंगतिर इंगित गर्दै सिटौलाले भने ‘जनताबाट कुखुराको पाँच रुपैयाँ कर उठाएर, करौडौंका गाडी किन्न थाल्यो।’

‘सरकारले एकातिर राज्यको ढुकुटीमा मौजमस्ती गरिएको छ भने अर्काेतिर राज्यका सम्पूर्ण निकाय कब्जा गर्न थाल्यो।’ सिटौलाले भने ‘कर्णाली जस्ता विकट क्षेत्रका दुःख सरकारले सुन्नेवाला छैन।’दुई तिहाई दम्बमा न्यायालयदेखि प्रहरी प्रशासनसम्म कब्जा गर्ने रणनीति अपनाएको उनको भनाई थियो।

नेतृत्व कमजोर रहेकै कारण सरकारले अनुचित कार्यहरू गर्दापनि प्रतिपक्षको प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताए। ‘मुहान दुसित भयो भने सारा खोलानै प्रदुसित हुन्छ।’ सिटौलाले भने ‘नेतृत्व कमजोर भएकै कारण काँग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको उल्लेख गरे।

राजनीतिक प्रस्ताव मस्यौदाको विषयबस्तुमाथि प्रष्टपादै अर्का नेता श्रीकृष्ण अनिरुद गौतमले केन्द्रदेखि वडासम्मको पार्टीपंतिलाई बलियो बनाउनेगरी समितिलाई सुझाव दिुनपर्ने बताएका थिए। कार्यक्रममा सांसद किशोरसिंह राठोर, केन्द्रिय सदस्य हृदयराम थानी लगायतले गुट–उपगुटको अन्त्य गर्दै पार्टीको राजनीतिक भविश्यलाई ध्यान दिनुपर्ने धारणा राखेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।