शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘अपराधमुक्त समाज’ संस्थाको नाममा ठगी गर्ने अनिलकुमार र नितु पक्राउ

‘अपराधमुक्त समाज’ संस्थाको नाममा ठगी गर्ने अनिलकुमार र नितु पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रहरीले ‘अपराधमुक्त समाज’ नामक संस्था खोलेर सर्वसाधारणसँग ठगी गरेको आरोपमा जनकपुरबाट सञ्चालकलाई पक्राउ गरेको छ। 

प्रहरीले सिरहा नगरपालिका-२१ घर भइ जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने २१ वर्षीय अनिलकुमार मण्डल र जनकपुरधाम-४ बस्ने २२ वर्षीया नितु मण्डललाई पक्राउ गरेको छ।

अनिल र नितुले अपराधमुक्त समाज नेपालको नाममा सम्पर्क कार्यालय खोली सर्वसधारणसँग रकम असुल गरेको घटनामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उनीहरुको साथबाट अपराधमुक्त समाज नेपालको विधानको प्रतिलिपि, नगद ३ लाख ३५ हजार, ना लिष्ट भएका रजिष्टरलगायतका कागजातहरु बरामद भएको प्रहरीले जनाएको छ।

संस्थाका सञ्चालक अनिल मण्डलले जागिर दिने बहानामा काठमाण्डौं देखि जनकपुरसम्मका सर्वसाधारणसँग लाखौं रुपैयाँ ठगी गरेको आरोप छ। 

सञ्चालक मण्डलले संस्थामा जागिरको प्रलोभन दिएर जनकपुरदेखि काठमाण्डौं सम्मका व्यक्तिहरुसँग ठगी गरेको बताइएको छ। पछिल्लो पटक जनकपुरको पिडाडी चोकमा अपराधमुक्त समाज निर्माण अभियानको नाउँमा कार्यालय खोलेर अपराधमुक्त समाज निर्माणका लागि संस्थाले कर्मचारी भर्ना खोलेको थियो।

कर्मचारीलाई तालिम दिन प्रतिव्यक्ति १० हजार नगद लिएर भर्पाइ रसिद नदिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो। मण्डलले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा ‘अपराधमुक्त समाज नेपाल’ नामक गैरसरकारी संस्था दर्ता गराएका छन्। काठमाण्डौंमा समेत संस्थामा जागिर दिने प्रलोभन दिएर ७५ भन्दा बढी सर्वसाधारणसँग ठगी गरेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।