शुक्रबार, वैशाख १४, २०८१

प्रथम नायिका भुवनले साइनो बनाउने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–प्रेम कथामा आधारित चलचि ‘साइनो’को सोमबारबाट छाँयाङकन हुँदै छ । साइनोको निर्माण नेपालकी प्रथम नायिका भुवन चन्दले गर्दैछन् । चलचित्र युनिटले राजधानीमा पत्रकार सम्मेलन गर्दै काठमाडौं, काभ्रे रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक लगायतका स्थानमा चलचित्रको छाँयाङकन गरिने जानकारी दिएको छ । 

चन्द्र विनायक फिल्म प्रोडक्सन प्रालिद्वारा निर्मित चलचित्रको कार्यकारी निर्माता शरण थापा रहेका छन् । अभिमन्यू ‘निरबी’ले लेखेकोको चलचित्रको रमेश थापाले निर्देशन गर्ने छन् । 

चलचित्रमा नवकलाकार राज कुमार, नीता ढुंगाना, मिरुना मगर, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रोय दिप श्रेष्ठ, धर्मेन्द्र आचार्य, विशाल पहाडी, भिमसेन लामा, रामेश्वर बुर्लाकोटी, रेगन क्षेत्री, वसुकला मैनाली, सल्विक सुर्खेती, सविन जमरकट्टेल लगायतको भूमिका रहने छ ।

चलचित्रमा रोसन विक्रम भट्टराइको द्वन्द्व र बसन्त सापकोटाको संगित रहने बताइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्