शुक्रबार, वैशाख १४, २०८१

सिन्दूर र मंगलसूत्रमा खुलेकी दीपिका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुम्बई (एजेन्सी) : भरखरै प्रणयसूत्रमा आबद्ध भएका दीपिका पादुकोण र रणवीर सिंहको जोडी आइतबार बिहान इटालीबाट मुम्बई फर्किएको छ ।

उनीहरुको स्वागतका लागि एयरपोर्टमा हजारौ शुभचिन्तकको भीड लागेको थियो । एयरपोर्टभित्र सामान्य पहिरनमा देखिएकी दीपिकाको एयरपोर्ट बाहिर आउँदा भने फरक ‘लुक्स’ मा देखा परिन् । 

सिल्की कुर्ता लगाएकी दीपिकाले रातो सल ओडेकी थिइन् । यो पहिरनमा उनको अनुहार निकै खुलेको थियो । दीपिकालाई सिन्दूर, मेहन्दी र चूरा पनि निकै सुहाएको थियो ।

एयरपोर्ट पुगेका शुभचिन्तकहरुलाई रणवीरले हात हल्लाउँदै खुसी साटेका थिए । रणवीर सेतो कुर्ता पाइजामा र पिंक ज्याकेटमा देखापरेका थिए । उनीहरूको बिहे इटालीको लेक कोमोमा नोभेम्बर १४–१५ मा भएको थियो ।






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्