बिहीबार, वैशाख २७, २०८१

डेढ टन अवैध सुर्ती नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम-सशस्त्र प्रहरीले धनुषाबाट ट्रयाक्टरसहित डेढ क्विन्टलभन्दा बढी अवैध सुर्ती नियन्त्रणमा लिएको छ । 

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले धनुषाको हंसपुर नगरपालिका–३ हंसपुर चोकबाट ट्रयाक्टरसहित १ हजार ६ सय २० केजी सुर्ती नियन्त्रणमा लिएको हो ।

ज १ त ६४०५ नम्बरको ट्रयाक्टरमा भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका ६ लाख ६० हजार ९६० रुपैयाँ मूल्य बराबरको सुर्ती सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सीमा सुरक्षा बल जनकपुरका डीएसपी मोहन क्षेत्रीले जानकारी दिएका छन् ।

यसैगरी सोहि ट्रयाक्टरमा बोरामा पोका पारिएको अवस्थामा जाडोमा प्रयोग हुने ४३ हजार २ सय मूल्य बराबरको थर्मकोट दुई सय सोह्र जोड, ५० हजार मूल्य बराबरको उनीको कुर्ता सुरुवाल ८८ थान लगायतका सामग्री बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

ट्रयाक्टरसहित नियन्त्रणमा लिइएका सामान जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।