शनिबार, वैशाख १५, २०८१

इन्टरपोल महासभा : आतंकवाद र मानव तस्करी मुख्य एजेन्डा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

काठमाडौं- प्रहरी महानिरीक्षक सवेन्द्र खनालले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन 'इन्टरपोल' को महासभामा मानव ओसारपासार तथा आतंकवादविरुद्धको अजेन्डा प्रस्तुत गर्ने भएका छन्। 

आगामी आइतबारदेखि चार दिनसम्म दुबईमा सञ्चालन हुने महासभामा महानिरीक्षक खनालले विश्वबाट आतंकवाद निर्मूल पार्ने अभियानसहितको प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेको प्रहरी मुख्यालयले जनाएको छ। 

महासभामा भाग लिन तीन सदस्यीय प्रहरी टोलीको नेतृत्व गर्दै खनाल आगामी शनिबार दुबई प्रस्थान गर्नेछन् । उक्त महासभाले नयाँ कार्य समिति चयन गर्नुका साथै मतदानमार्फत प्रस्तुत भएका एजेन्डा पास गरिनेछ। टोलीमा आइजिपी खनालसँग सिआइबीका प्रमुख डिआइजी निरजबहादुर शाही र इन्टरपोटका काठमाडौं इन्चार्ज एसपी उमेशराज जोशी छन्।

के हो इन्टरपोल ?

अन्तर्राष्ट्रिय अपराधविरुद्धको प्रहरी संगठन इन्टरपोल आतंकवाद, अपराध तथा  लागूऔषधविरुद्ध परिचालित प्रहरी संगठन हो। फ्रान्सको लियोनमा मुख्य कार्यालय रहेको इन्टरपोलमा १९३ राष्ट्रका प्रहरी आबद्ध छन्। 

एक देशमा कुनै अपराध गरेर दोस्रो मुलुकमा लुक्ने व्यक्तिविरुद्ध इन्टरपोल सक्रिय रहँदै आएको छ। खुला सिमाना रहेका र सुपुर्दगी सन्धि नभएका मुलुकमा आपराधिक गतिविधि गर्ने र दोस्रो मुलुकमा लुक्नेविरुद्ध इन्टरपोलमा डिफेन्स नोटिस जारी गरिन्छ। यस्ता आपराधिक कार्य गर्नेलाई सम्बन्धित मुलुकका प्रहरीले एकअर्कालाई बुझाउन पछिल्लो समय इन्टरपोलको प्रभावकारिता बढेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।